के तपाई घर सम्रचाना बनाउँदै हुनु हुन्छ ?
‘भवन निर्माण र बास्तुशास्त्र’ पुस्तक शनिबार विमोचन हुदै छ है !
भक्तपुर, चैत्र १ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले बास्तुविद् लेखक बीरेन्द्रप्रसाद कायस्थले लेख्नु भएको ‘भवन निर्माण र बास्तुशास्त्र’ नामक पुस्तक आगामी शनिबार विमोचन गर्ने भएको छ । लेखक कायस्थले ४ वर्ष समय लगाएर लेख्नु भएको सो पुस्तक २४१ पृष्ठको हुने छ । बास्तुकला अनुसार घर सम्रचना निर्माण गर्दा ध्यान दिनुपर्ने विषयवस्तुहरुलाई पुस्तकमार्फत पस्केको लेखक कायस्थले जनाएको छ । के कस्तो सामग्रीले कस्तो ठाउँमा, के कस्तो घर सम्रचना बनाउँदा घरमा शान्ति मिल्छ । रोगव्यादि र समस्याहरुबाट सुरक्षित हुन सकिन्छ भन्ने परम्परागत मूल्यमान्यतालाई आत्मसाथ गर्दै लेखक कायस्थले बास्तु विज्ञान अनुसार स्रमचना निर्माण मात्र होइन सजावतका विषयहरुलाई समेत पुस्तकले राम्रोसँग व्याख्या गरेको जनाएको छ ।
घरको झ्याल ढोका, कस्तो राख्नेरु कसरी राख्ने रुयतिमात्र होइन, भान्छा र सौचालय, कोठाहरु कसरी बनाउने रु भन्ने विषयहरुलाई पनि पुस्तक मार्फत सविस्ता ब्याख्या गरेको उहाँले बताए । घरमा शौचालय र भान्छा मात्र पनि बास्तु विज्ञान अनुसार राखेनन् भन्ने मानिसहरु विरामी हुने, विभिन्न समस्याहरुमा पर्ने चर्चा मात्र होइन, किन यस्तो समस्या हुन्छरु सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विधिहरु समेत पुस्तकले पस्केको उहाँले बताए । पुस्तकमा भाग्यवृद्धि गर्ने उपायहरु समेत समेतिएको उल्लेख गर्दै घर आँगनमा के कस्तो बोट विरुवा लगाउने र कोठामा कस्तो चित्रहरु ताग्दा फलदायी हुन्छ भन्ने विषयहरु पनि पुस्तकमा उल्लेख रहेको लेखक कायस्थले जनाएको छ ।
अध्यक्ष विजुक्छेले सो पुस्तकको ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा शनिबार विमोचन गर्दै छन् । चैत्र ३ गते शनिबार दिउँसो २स्३० बजे सो पुस्तकको नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेंको बाहुलीबाट ‘भवन निर्माण र बास्तुशास्त्र’पुस्तकको विमोचन हुने लेखक विरेन्द्रप्रसाद कायस्थले जनाएका हुन ।
विमोचन पश्चात बजारमा पठाउने तयारीमा रहेको सो पुस्तकको बजार मूल्य ६सय ५० रहे पनि विमोचन समारोहकोक्रममा रु। ५सयमा बिक्रि राखिने छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














