तुलंननिमा मंगलबार २७ औं विविध भाषा साहित्य सम्मेलन आयोजना हुने

मध्यपुरमा मंगलबार २७ औं विविध भाषा साहित्य सम्मेलन आयोजना हुने
मध्यपुर, कार्तिक ४ गते
२७ औं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक ब्वज्याको अन्तिम तयारी पूरा गरेको छ । मध्यपुर थिमीस्थित तुलंननिमा आयोजनाको अन्तिम तयारी पूरा गरेको भन्दै आयोजक समितिले भोलि विहान ७ बजे बोडेबाट भिन्तुना र्याली आयोजना गरिनेछ । सो भिन्तुना र्यालीले मध्यपुर थिमीका विभिन्न क्षेत्रमा परिक्रममा गरी तुलं ननीमा पुगेर भिन्तुना र्याली समापन गर्ने र विविध भाषा साहित्य सम्मेलनको २७ औं सृंखला सुरु गर्ने तयारी भएको जनाएको छ । आयोजक समितिका अध्यक्ष विजय प्रजापतिका अनुसार भिन्तुना र्यालीमा सहभागि हुने साँस्कृतिक टोलीहरुको पनि मूल्यांकन गरी पुरस्कृत गरिने तथा दिनभर वाचन हुने साहित्यहरुको पनि मुल्यांकन र पुरस्कृति हुने तथा साँझ ७ बजे देखि सुरु हुने साँस्कृतिक कार्यक्रमका प्रस्तुतीहरुको पनि मूल्यांकन गरी उत्कृष्ठहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।
सो कार्यक्रममा विभिन्न विषयका विज्ञहरुको प्रवचन पनि हुने जनाएको छ । भाषा र कला बचाऔं राष्ट्रिय भावना जगाऔं भने उद्घोषका साथ विविध भाषा साहित्यिक समाजले मध्यपुर थिमीका विभिन्न टोलहरुमा हरेक वर्ष तिहार पर्वको म्हपूजाको दिनमा विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।