अन्तर नगर महिला कबड्डीमा आजोजक टिमको दोस्रो जित

अन्तर नगर महिला कबड्डीमा आजोजक टिमको दोस्रो जित
भक्तपुर, फाल्गुण ३० गते
काठमाण्डौ महानगरपालिकालाई हराउँदै आयोजक भक्तपुर नगरपालिकाले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा आज फेरी जितेको छ । महानगरले लिएको २९ अंक विरुद्ध भक्तपुर नगरपालिकाले ४३ अंक जोडेर जितेका हुन । लिग नकआउट चरणमै आयोजक टिमले हिजो उद्घाटन खेलमा मध्यपुर थिमी नगरपालिकालाई २२ विरुद्ध ५७ अंकले जितेका थिए भने आज काठमाण्डौ महानगरपालिकालाई पनि हराउन सफल भएको हो । आज भएको खेलमा सुरुवाति चरणमा १का विरुद्ध ९ अंक गुमाएको भक्तपुर नगरपालिकाको टिमले क्रमिकरुपमा अंग जोड्दै महानगरपालिका टिमलाई हराउन सफल भएको हो । आज भएको खेलमा उत्कृष्ठ खेलाडीको रुपमा आयोजक भक्तपुर नगरपालिकाका इशा सायंजू घोषित भएका थिए ।


फाल्गुण २९ गतेबाट सुरु भएको सो प्रतियोगिता चैत्र ३ गतेसम्म शहीद स्मृति खेल मैदानमा भइरहेको छ । प्रतियोगितामा १५ वटा नगरपालिकाका खेलाडीहरुको टिम प्रतिस्पर्धामा छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १ लाख ५० हजार दोस्रो हुनेलाई १ लाख र तेस्रो तथा चौथौ हुनेलाई ५०। ५० हजार नगद सहित मेडल र पत्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् ।त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले  पोखरा महानगरपालिकालाई ४३–२२ पराजित गरेको छ । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भएका छन् ।भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९–१६अंकले हराएको छ । उक्त खेलमा  मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल गरेको छ । उनले प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५–२५ ले हराएको हुन् । काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अन्कले पराजित गरेको छ । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भएका छन् ।बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ  भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।
बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अंकले पराजित गरेको छ भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५–३२ अंकले पराजित गरेको छ भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भएका छन् ।त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल गरेको छ । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित गरेको हो । खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३–२९ अकले हराएको छ ।  सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भएका छन् ।