सेन्ट्रल फाइनान्सद्वारा सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर सेट सहयोग
भक्तपुर, कार्तिक २२ गते
सेन्ट्रल फाइनान्सले भक्तपुरका सामुदायिक विद्यालयहरुलाई कम्प्यूटर र युपिएस, पिन्टरका साथै आर्थिक सहयोग गरेको छ । फाइनान्सको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तर्गत भक्तपुरको ब्रम्हायणी आधारभूत विद्यालयलाई नगद रु ५० हजार, ब्रम्हचारणी आधारभूत विद्यालयलाई कम्प्यूटर र युपिएस सहयोग गरेको हो भने अर्को हंसबाहिनी आधारभूत विद्यालयलाई पनि कम्प्यूटर र प्रिन्टर तथा युपिएस सहयोग गरेको छ ।
आज सेन्ट्रल फाइनान्स भक्तपुरका शाखा अधिकृत कान्छिमैयाँ प्रजापति सहितको टोली विद्यालय प्रांगणमै पुगेर विद्यालयका प्रधानाध्यापकहरु समक्ष सो सहयोग प्रदान गरिएको फाइनान्सका रमेश ह्यौमिखाले जनाएको छ । ललितपुरमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्सले देशभर विभिन्न क्षेत्रमा २० वटा शाखाहरु विस्तार गरिसकेको छ ।
















