सवारी दुर्घटनामा ७२ वर्षकी वृद्धाको मृत्यु
भक्तपुर, माघ २ गते
सवारी दुर्घटनामा ७२ वर्षकी वृद्धको मृत्यु भएको छ । आज दिउँसो १ बजे झौखेलमा भएको सवारी दुर्घटनाबाट घाइते भएकी ७२ वर्षकी केकई मग्रारातीको उपचारकोक्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेद्वारा जारी विज्ञप्ति अनुसार चाँगुनारायण नगरपालिका वडा नं. ३ कोल्पाकोट ओरालो स्थित व्यासीबाट झौखेल तर्फ जादै गरेको प्रदेश २ )१( ०००३ क ४६३७ नम्बरको निशान गाडीले पैदलयात्री ७२ वर्ष की केकई मग्ररातीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी थिइन । घाईते मुग्ररातीको उपचारको लागि काठमाण्डौ मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगेकोमा उपचारकैक्रममा आज दिउँसो सम्बन्धित चिकित्सकले मृत्यू घोषणा गरेको प्रहरीले जनाएको छ । गाडी चालक भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने वर्ष ५४का इन्द्रनारायण सितिखुलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रण्णमा राखेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














