चितुवाको आक्रमणबाट दुईजना घाईते

चितुवाको आक्रमणबाट दुईजना घाईते
मध्यपुर थिमी, कार्तिक २४ गत
चितुवाको आक्रमणबाट मध्यपुर थिमीस्थित गठ्ठाघरमा दुईजना घाइते भएका छन् ।  मध्यपुर थिमीस्थित प्रबिन पेट्रोल पम्प पछाडि रहेका एक चितुवाको आक्रमणबाट अमृत कंडेल र संगीता आले मगर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइते मानिसहरुको उपचार मध्यपुर अस्पतालमा भइरहेको सूचना अधिकारी बसन्त पाठकले जनाएको छ । आज विहान ७ बजे तिर सो पेट्रोल पम्प पछाडिको दुईवटा घरको चेपमा रहेका ति जंगली जनावर चितुवालाई डिभिजन बन कार्यालय हात्तिसारबाट प्राविधिक सहितको उद्धार टोलीद्वारा चिुतवालाई नियन्त्रणमा लिएको छ ।