टोखा नगरपालिकाका अधिकृतहरुको टोली भनपामा

टोखा नगरपालिकाका अधिकृतहरुको टोली भनपामा
भक्तपुर । २०८० असोज १६ गते मंगलबार ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणको क्षेत्रमा गरिरहेको असल अभ्यासका विषयमा अध्ययन गर्न आएको टोखा नगरपालिकाको भ्रमण टोलीले भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिस“ग भेट गर्‍यो । भेटमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर वि.सी सहित विभिन्न शाखाका २१ जना शाखा प्रमुख कर्मचारीहरुको उपस्थिति थियो ।


कार्यक्रममा प्रमुख प्रजापतिले सा“स्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै समाजबाद उन्मूख कार्य गरिरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्रहरु, विभिन्न विषयको कलेजहरु, इ–लाइब्रेरी सहितको जनज्योति पुस्तकालय सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई थप अधिकार प्रत्यायोजन गर्दै जानु पर्नेमा संविधान विपरित संसदमा शिक्षा विधेयक प्रस्तुत गरी जिल्ला शिक्षा कार्यालय स्थापना गर्न खोज्नु प्रतिगामी कदम भएको बताउनुभयो ।
उक्त कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट पूर्ण र आंशिक क्षति भएका सम्पदाहरु विदेशी दातृ निकायहरुले सहयोग सहित नगरपालिकालाई अनुरोध गरेतापनि सशर्त सहयोग स्विकार नगरी जनश्रमदान र जनताको सहयोगमा नगरपालिकाले हालसम्म १३५ वटा भन्दा सम्पदा पुरानै शैलीमा पुन:निर्माण सम्पन्न गरी सकेको जानकारी दिनुभयो ।
उहाँले नागरिकको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी सरकारले लिनुपर्ने समाजवादी भावना आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिशुशालादेखि विश्वविद्यालय तहसम्मको शिक्षाको लागि नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको गतिविधिहरुबारे संक्षिप्त प्रस्तुतीकरण प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार शर्माले गर्नुभयो भने टोखा नगरपालिकाको तर्पmबाट प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले भक्तपुर नगरपालिका र टोखा नगरपालिकाको सा“स्कृतिक विशेषताहरुबारे जानकारी दिनुहु“दै नगरपालिकाहरुबीचको असल अभ्यासको आदान प्रदान गर्ने भ्रमणको उद्देश्य रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा उपप्रमुख जोशीले भनपाका प्रकाशनहरु र भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियो भने टोखाका प्रमुख प्रशासकीय अधिकृत बि.सी.जे प्रमुख प्रजापति, उपप्रमुख जोशी र प्रप्रअ शर्मालाई नपाको डायरी र मायाको चिनो हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम पश्चात भ्रमण टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप ईन्जिनियरि· कलेज, ख्वप कलेज अफ इन्जिनियरि·, ख्वप कलेज अफ ल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप अस्पताल, शिशु स्याहार लगायतको अवलोकन गरेको थियो ।