सन्दर्भ १३४ औं मजदुर दिवसः पूँजीवादको विकास, उड्य र पटनपछि साम्यवाद
भक्तपुर, बैशाख १८ गते
वास्तबमै सांस्कृतिक चेतना भएपछि मानिसहरु अन्तराष्ट्रिय प्राणी हुने भन्दै नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सांस्कृतिक चेतनाको अभावले मानिसहरु बीच विभिन्न भेडभाव, अन्याय अत्याचार भइरहेको बताएका छन् । पूँजीबादी ब्यवस्थामा मजदुरहरुमाथि हुने शोषण विरुद्ध मजदुरहरु आन्दोलित हुने माक्सवादी, लेनिनबादी दर्शण अनुसार विश्वका मजदुरहरु आन्दोलित रहेको बताए ।
८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग गर्दै अमेरिकाको सिकागोमा आज भन्दा १३४ वर्ष पहिला भएको मजदुर आन्दोलनमा प्रहरीकै एजेण्ट घुसेर गरेको ध्वंसात्मक कार्यको नाममा प्रहरीबाट आन्दोलनरत मजदुरहरु माथि निर्मम दमन गरेको स्मरण गर्दै सांसद सुवालले देशका सांसद, मन्त्रीहरु नै भ्रष्टाचारी, कमिसनखोरी भएकाले प्रजातन्त्र र लोकतन्त्र आएको लामो समय भएर पनि जनताले दुःख पाइरहेको बताउनु भयो । मजदुरहरु शेयर बजारको नाममा पूँजीपतिहरुबाट ठगि रहेको, युवाहरुलाई विदेशमा सस्तो ज्यामि बनाइरहेको चर्चा गर्दै गोर्खा भर्ति केन्द्रबाट राणाहरुले भारतमा धरै जग्गा जमिन जोरेको कुरा चर्चा गर्नु भयो ।

परिवारबादले निजी सम्पति विकास भएको, निजी सम्पतिबाटै पूँजीवादको विकासले सम्पति कमाउन विभिन्न बहानामा पूजीपतिहरुले श्रमिकहरु माथि शोषण हुदै आएको चर्चा गर्दै सांसद सुवालले मूल नीति राजनैतिक चेतनाले मात्रै शोषण रहित समाज बन्ने, त्यो समाजबादमा मात्र संभव भएको बताए ।
नेपाल क्रान्तिकारी मजदुर संघद्वारा भक्तपुरमा सोमबार आयोजित १३४ औं अन्तर्राष्टिय श्रमिक दिवस समारोहको उद्घाटन गर्दै सांसद सुवालले पूजीवादको विकास, उठान र पटनको नियम माक्सवाद भएको उल्लेख गर्नु भएको थियो । विश्वमा पूजीबादको विकास भएको ५ सय वर्ष भएको उल्लेख गर्दै किसानहरुले जमिन्दारलाई कुट बुझाउँदा दिएको थप उपहारको किनबेचबाटै पूजीबादको विकास भएको चर्चा गर्नु भयो । पहिला बस्तु विनिमय हुन्थ्यो, जब सामान किन बेच, खरिद विक्री कार्य सुरु भयो त्यसबाटैै पूजीबादको विकास भयो सांसद सुवालले बताउनु भयो । आदिम साम्यवादबाट विकसित पूजीवादपछिको वर्ग संघर्ष साम्यवाद नआएसम्म नटुंगिने माक्स, एगेल्स, लेनिन, स्तालिनबादी विश्लेषण रहेको उहाँले बताउनु भयो ।
सो अवसरमा पूँजीबादमा श्रमिकहरु माथि हुने शोषणको अत्य समाजबाद नै भएको चर्चा गर्दै नेमकिपा केन्द्रिय सदस्य एवं भक्तपुर जिल्लाका अध्यक्ष तथा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले बौद्धिक कार्य र शारीरिक श्रम, गरिब र धनी बीचको बिभेड हटाउन पनि समाजबादी व्यवस्थाको आवश्यकतामा जोड दिदै सांसद गोसाईले विश्व एक धुर्विय हुन नसक्ने बहु धुर्विय हुनुपर्ने विचार ब्यक्त गर्नु भयो । श्रमिकहरुको शोषण गर्ने पूँजीपतिहरुको साम्राज्यबाद विरुद्ध समाजबादी आन्दोलनकालागि विश्व मजदुर दिवस मनाउनुको सान्दर्भिकता बारे सो अवसरमा उहाँले प्रकाश पार्नु भयो ।
नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष राजेन्द्र चवालले पूँजीपति व्यवस्था परिवर्तन नभएसम्म काम गरी खाने श्रमिक वर्गको सम्मान र हित नहुने उल्लेख गर्दै मजदुर आन्दोलनले क्रान्तिकारी बाटो नलियोस भन्नका लागि युवाहरुलाई विदेश पठाएर सस्तो ज्यामि बनाएको चर्चा गर्नु भयो ।
नेक्रामसंघ भक्तपुरका अध्यक्ष उप्रेन्द्र सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा किसान नेता गोविन्द दुवालले श्रमिकहरुको सम्मानता र स्वतन्त्रताकालागि नेमकिपाले सघर्ष गर्दै आएको बताउँदै वर्गीय घारणा छोड्न नहुनेमा जोड दिनु भयो ।, सो अवसरमा अतिथीहरुले विश्व मजदुर दिवस मनाउनुको महत्वमाथि प्रकाश पार्दै मजदुरहरु माथि पूजीपतिहरुले गर्दै आएको शोषण विरुद्ध बर्गीयरुपमा नेमकिपा यसका वर्गीय संगठनहरुले खेल्दै आएको भूमिकाहरु बारे चर्चा गरेका थिए ।
अन्तर्राष्टिय श्रमिक दिवसको अवसरमा नेक्रामसंघले आज भक्तपुरको दुधपाटीबाट जुलुस प्रदर्शन गर्दै भक्तपुर नगरपरिक्रममा गरी दत्तात्रय मन्दिर परिसरमा तय भएको कार्यक्रम पानी परेपछि लिवालीस्थित महेश्वरी बैक्वटेमा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रवचन कार्यक्रम गरी मनाएको थियो ।













