भनपा ९मा शुभकामना आदानप्रदान

भनपा ९मा शुभकामना आदानप्रदान
भक्तपुर, २५ असोज । नेपाल कर्मचारी समाज भनपा ९ वडा समितिको आयोजनामा विजय दशमी(मोहनी न:खा)–२०८० को अवसरमा शुभकामना आदानप्रदान नेमकिपा केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा सकोलानमा बिहिबार एक समारोह बीच सम्पन्न भयो ।
प्रमुख अतिथि सुरेन्द्र राज गोसाईले कर्मचारीहरु पनि दुई वर्ग हुने बताउँदै समाजमा धुलमिल भई सकृय भएकाहरु अवकास पछि कृयाशील भई जहाँपनि अनुकुल भएर बस्ने सक्ने र कार्यालय बाहेक दायाबाया नगर्नेहरु अवकास पछि निष्कृय भई डिप्रेशनमा जाने भएकोले अभ्यस्त हुने आत्म अनुशासन, आत्म नियम बनाई व्यवहार परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपा एउटा मात्रै विवेक सम्बत गतिविधि गरिरहने त्रुतिहरु सच्याउन सचेत गराउने बताउँदै अरु संगठनले गर्न नसक्ने बताउनुभयो । उहाँले सामाजिक, सु सस्कारिक भई दैनिक जीवन यापनको लागि हस्पितालिटि सिकाई समाज अगाडि बढाउन कर्मचारी, शिक्षक र बुद्धिजीविहरु क्रियाशील भई साँस्कृतिक स्तर उठाई बस्तुनिष्ठ विश्लेषणले मात्र समाजलाई सचेत गराउन अध्ययन मात्र गरेर हुँदैन ज्ञान सीप समाजमा बाँड्न पर्ने बताउनुभयो । जीवन पद्धती राम्रो व्यवहार, समाजको जिम्मेवार, इमान्दार, असल र कर्तव्यपरायन हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भाषिक आन्दोलन अगाडि बढाउन नेपाल भाषा साहित्य त:मुज्या, विविध भाषा साहित्य सम्मेलन भई रहेको बताउँदै बागमति प्रदेशको सरकारी काम काजको भाषा नेपाल भाषा र तामाङ्ग पास भएको बताउनुभयो । इजरायल र युक्रेन युद्ध अमेरिकाको प्रोक्सिवार भएकोले विश्वको एक धु्रविय शक्तिको रुपमा बस्न शक्ति संचयको भएको बताउँदै व्यापार र अरुबाट शक्ति संचय नहुने देखेपछि युद्धमा लागेको बताउनुभयो ।

उहाँले छिमेकि देशलाई काउन्टर दिन इजरायल र दक्षिण कोरियाको विकास अमेरिकी लगानीमा भएको बताउँदै प्यालिस्टाईन स्वाधिनताको लागि लडिरहेको बताउनुभयो । उहाँले देशको अवस्था नाजुक रहेको शासकहरु देश प्रति जिम्मेवार नहुँदाको अवस्था हो भन्नुभयो । उहाँले २००७ साल पछिको प्रजातन्त्रदेखि भारतले सुवर्ण सम्शेर राणा भारतीय दुतावासको पैसा, पञ्चायतमा कांग्रेसलाई टक्कर दिन दरवार र युरोपियन युनियनले एमालेलाई, त्यसपछि भारतले माओवादीलाई, मद्येशवादी दल र बाबुरामको नयाँ शक्तिलाई तयार गरेको र उसले भने जस्तो नबसे प्रयोगशाला, तुशानल जस्तै पुस्तकमा सबै प्रकाशित गरेर नाङ्गेझार पर्ने साथै सुन काण्ड, भुटानी शरणार्थी र ललिता निवास काण्डमा फसाई सिध्याउने गरेकोले आफ्रनै खुट्टामा उभिएर इमान्दार, अनुशासित भई नेमकिपाले जस्तै काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ वडा समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहका कर्मचारी आन्दोलन, निजामति ऐन कर्मचारीहरुको लागि जल्दाबल्दा विषय रहेको बताउँदै असत्य माथि सत्यको विजयको रुपमा मनाउने दशैं रचनात्मक ढंगले मनाउन र खानपानमा ध्यान दिन अनुरोध गर्नुभयो । साथै टे«ड युनियनवादी कर्मचारी भन्दा नगर नगरबासीको सेवामा समर्पित, संस्थागत हितमा काम गर्ने क्रान्तिकारी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा विकास प्रजापति, राम छुस्याकी, राजु प्रजापति, तुल्सीराम प्रजापति लगाएतले पनि विजया दशमीको शुभकामना मन्तव्य दिनु भयो ।