नगदेशमा ख्वप्रीङ नवदुर्गा संकल्प भोजन आयोजना
मध्यपुर, पुस ४ गते
भक्तपुर सहयोग विकास समितिले मध्यपुर थिमीको नगदेशमा ख्वप्रीङ नवदुर्गा संकल्प भोजन गराएको छ । भक्तपुरको जीवन्त देवदेवीको रुपमा पूजिँदै आएको नवदुर्गा गणलाई आज मध्यपुर थिमीको बालकुमारबाट पद्यात्रा सहित जात्रा गरी नगदेशमा द्यः ब्वयकेगु जात्रा आयोजना गरेको हो । समितिका राजुमृगेनद्र जोशीले सो जात्रा समितिको सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले आयोजना गरेको बताए भने नवदुर्गा गणका सल्लाहकार नारायणमान बनमलाले योमारी पूर्णिमा पछि मध्यपुर थिमीमा नवदुर्गाको जात्रा हुने परम्परालाई उज्जागर गर्दै यस पर्वको महत्वलाई दर्सिन गरी समितिबाट आज द्यः ब्वयकेगु जात्रा भएको बताउनु भयो ।
- https://www.facebook.com/janasancharHD/videos/1596120904630396














