वातारणीय समस्या निम्ताउने हामी आफै ः डा.गोसाई
भक्तपुर । वातावरण बिज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतन प्रमुख कारण सरकार र नीति रहेको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले बिज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलावायु परिवर्तनमा देखिएको छ ।
काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदुषणको समस्या उस्तै रहेको गोसाईले बताउँदै यसको समाधानको लागि सरकारले बैकल्पिक र नवीकरणीय उर्जाको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
अनवीकरणीय उर्जा प्रयोग गरिने सवारी साधनको प्रयोगमा कमी ल्याउँदै बिद्युतिय सवारी साधनको प्रर्वदन गर्न सकिए मात्र पनि वायु प्रदुषण निकै कम हुने गोसाईले बताए ।
सरकारले बिद्युतिय सवारी साधनको कर कम गर्नुपर्नेमा जोड दिँदै नेपालीहरुलाई यस्ता सवारी साधन प्रयोग गर्न उत्साह प्रदान गर्न सके पनि वायु प्रदुषण कम गर्दै जलावायु परिवर्तनमा सकारात्मक प्रभाव देख्न सकिने गोसाईले बताए ।
वातावरणीय प्रभाव मूल्याङकन नगरी बिकासको नाममा जथाभावी भौतिक संरचनाहरु निमार्ण र बिस्तारले बाढी, पहिरो जस्ता बिपद् निम्तीएको गोसाईले बताए ।
वातावरणीय समस्याहरु समाधान गर्न हरेक ब्यक्ति जिम्मेवार रहे यस्ता समस्याहरु समाधान गर्न तीनै तहको सरकारलाई सहज हुने बताउँदै आजैबाट वातावरण सुधारमा सबैलाई लाग्न गोसाईले आग्रह गरे ।
Featured Posts – Style 1
पुँजीपति बर्गलाई फाइदा हुने बजेट
2026-06-10 Comments Off on पुँजीपति बर्गलाई फाइदा हुने बजेट
पुँजीपति बर्गलाई फाइदा हुने बजेटभक्तपुर, २७ जेठभक्तपुरका सामुदायिक कलेजमध्ये गुणस्तर अर्थात क्यूएए प्राप्त गर्न सफल वागीश्वरी कलेज र वागीश्वरी कलेज...
लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित
2026-06-09 Comments Off on लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित
काठमाडौँ । भीमदत्त नगरपालिका–६, मधुवन, महेन्द्रनगर, कञ्चनपुर निवासी आगो लघुकविता विधाका परिकल्पनाकार तथा साहित्यकार दीर्घबहादुर चन्द ‘सुमन’ काठमाडौँमा सम्मानित भएका...
नेपाली मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई अमेरिकाको प्रतिष्ठित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको उत्कृष्ट मनोचिकित्सक पुरस्कारकन्कर्ड (उत्तर क्यारोलिना)
2026-06-09 Comments Off on नेपाली मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई अमेरिकाको प्रतिष्ठित राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनको उत्कृष्ट मनोचिकित्सक पुरस्कारकन्कर्ड (उत्तर क्यारोलिना)
९ जुन २०२६ — अमेरिकामा कार्यरत नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. प्रवेश मन सिंह बस्नेतलाई राष्ट्रिय मानसिक स्वास्थ्य गठबन्धनले सन् २०२६...
१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
2026-06-08 Comments Off on १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
१९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेकाठमाडौं, जेठ २५ । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका...
भक्तपुर बचतमा सदस्य सम्बन्ध र नेतृत्व विकास तालिम
2026-06-08 Comments Off on भक्तपुर बचतमा सदस्य सम्बन्ध र नेतृत्व विकास तालिम
भक्तपुर बचतमा सदस्य सम्बन्ध र नेतृत्व विकास तालिमभक्तपुर, २४ जेठभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीहरुलाई लक्षित गरी सदस्य...














