हेलि प्याड निर्माण प्रकरणः निर्माणमै त्रुटी, पीडितहरु झन पीडामा !

हेलि प्याड निर्माण प्रकरणः निर्माणमै त्रुटी, पीडितहरु झन पीडामा!
भक्तपुर, बैशाख ५ गते
नलिंचोकस्थित नेपाल नागरिक उड्यन प्राधिकरणको ३३ रोप्नी जग्गामा निर्माणाधिन हेलिपोट निर्माणमा देखिएको लापर्वाही र कमजोरीले स्थानीयवासीहरु झनै पीडित भएको खुलेको छ । प्राधिकरणको जग्गामा हेलिप्याद बनाउने भन्ने कुरामात्र अनौपारिक रुपमा जानकारी पाएका स्थानीयवासीहरुले सो क्षेत्रमा हेलिपोट अर्थात हेलिकप्टरको विमानस्थल नै बनाउने तयारी गरेको थापा पाएपछि झन पीडित हुने भन्दै स्ववासीहरुले गत हप्ता मात्र अदालत गुहान पुगेका थिए ।

होलिपोट निर्माणमा देखिएको कमजोरी केलाउँदै तत्तकालका लागि निर्माण रोक्न आदेश भएको हप्ता दिनमा फेरी आज अर्को निर्णय आउने संभावनालाई केलाउँदै स्थानीवासीहरुले आफ्नो पीडालाई सप्रमाण प्रस्तुत गर्दै सो क्षेत्रमा हेलि पोट निर्माण रोक्न पुनः दवाफ दिन थालेका छन् । होलिपोट बनाउने भन्दै सम्याएको जमिनमा लगाएको वालहरु मात्र चर्केको छैन, वरपरका घर वस्तीका सरचना र बाटो समेत भासिने गरी भएका गतिविधिले भविष्यमा हेलिकप्टर उदान र अवतरणले पार्ने ध्वनि प्रदुर्षणको प्रभावहरुलाई समेत केलाउँदै स्थानीयवासीहरु न्यायका लागि फेरी आन्दोलनमा जान बाध्य भएका छन् । सो क्षेत्रमा ३ सय घर परिवार र ८ वटा सामुदायिक तथा संस्थागत विद्यालय र कलेजहरु सञ्चालनमा रहेको छ । स्थानीयवासीहरु बस्तीमाथि प्रभाव नपर्ने अन्य विकास निर्माणको विकल्प हुँदा हुदै हेलिपोट बनाएर स्वावासीहरुलाई विस्थापित गर्न नहुनेमा जोड दिइरहेका छन् ।