शुभकामना आदानप्रदानसँगै खोपृङ नयाँ क्यालेण्डर र डेस्क क्यालेण्डरको सार्वजनिकिकरण

शुभकामना आदानप्रदानसँगै खोपृङ नयाँ क्यालेण्डर र डेस्क क्यालेण्डरको सार्वजनिकिकरण
काठमाण्डौ ,
भक्तपुर विकास सहयोग सङ्घले नव वर्षको शुभकामना आदानप्रदान र नयाँ क्यालेण्डर प्रकाशन कार्यलाई निरन्तरता दिंदै यो वर्ष पनि नव वर्ष २०८२ को शुभकामना आदानप्रदान र नयाँ भित्ते क्यालेण्डर तथा डेस्क क्यालेण्डरको सार्वजनिकिकरण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाण्डौको बुद्धनगर स्थित डि।डि।आइ। बैङ्क्वेटमा एक समारोहका बीच सम्पन्न उक्त कार्यक्रममा सङ्घबाट प्रकाशित नव वर्ष २०८२ को भित्ते क्यालेण्डर र डेस्क क्यालेण्डरको सार्वजनिकिकरण गर्नुहुँदै प्रमुख अतिथि सङ्घका सल्लाहकार उत्तम नारायण मल्लले नेपालमा नयाँ वर्षहरू न्हु दँ नेपाल सम्वत्, नयाँ वर्ष बिक्रम सम्वत र न्यू एयर ईश्वि सम्वत ३ वटै भव्यतापूर्वक मनाउँदै आईरहेको चर्चा गर्नुहुँदै नेपालमा बिक्रम सम्वतको प्रचलनको ऐतिहासिक प्रसङ्ग, महत्व र त्यसको प्रासङ्गिताबारे प्रकाश पार्नु भयो । मन्तव्यकै क्रममा उहाँले सङ्घका विविध क्रियाकलापहरू मध्ये क्यालेण्डर प्रकाशन कार्यले सङ्घको गरिमा र महिमा बढाउन मद्दत पुर्याई जनजनमा प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने बताउनुभयो ।


कार्यक्रममा सभाध्यक्षता ग्रहण गर्दै सङ्घका अध्यक्ष राजुमृगेन्द्र जोशीले सङ्घका प्रत्येक पाईलाहरूमा सबै सदस्य तथा शुभेच्छुकहरूले अपार माया प्रदर्शन गर्दै सङ्घको मान, प्रतिष्ठा र श्रीबृद्धिको लागि सब‌ैले शुभकामना व्यक्त गरेको परिणाम स्वरूप सङ्घले गरेका हरेक कृयाकलापको निरन्तरता र नयाँ नयाँ कार्यक्रम गर्न सकेको बताउनु हुँदै अझै सङ्घमा नयाँ सोच र नयाँ आयाम थप्नु अपरिहार्य रहेको बताउनुभयो ।
त्यसैगरी शुभकामना मन्तव्यकै क्रममा अतिथि वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सङ्घका सल्लाहकार शिव प्रसाद मुनंकर्मीलगायतले नयाँ वर्षको अवसरमा सबै नेपालीहरूको सुख समृद्धिको कामना गर्दै टोल,गाउँ, नगर, समाज हुँदै देशमा नै जनता (सरकारले नविन सोचका साथ नविन परिवर्तन गर्न सकेमा मात्रै देशले काँचुलि फेर्न सकिने बताउनुभयो ।
कार्यक्रममा क्यालेण्डर प्रकाशनका संयोजक निमा कर्माचार्यले क्यालेण्डर प्रकाशनको आय व्यय विवरण प्रस्तुत गर्नुहुँदै बिज्ञापन दाता, सङ्घका सम्पूर्ण पदाधिकारी, सदस्य, पूर्व पदाधिकारीज्यूहरू, वरिष्ठ सल्लाहकार तथा सल्लाहकारज्यूहरूको सामुहिक प्रयासबाट प्रकाशन कार्यमा सफलता मिलेको र प्रकाशनको खर्च कटाई केही रकम जोहो गर्न समेत सफल भएको बताउनुभयो ।
सङ्घका आजिवन सदस्य ईश्वर पलिखेलको प्रस्तुतिकरणमा समारोहमा उपस्थित प्रमुख अतिथि, अतिथि, पदाधिकारी, सदस्य, बिज्ञापनदाता र शुभेच्छुकहरू सबैलाई सङ्घका प्रथम उपाध्यक्ष धर्म भक्त बल्लले स्वागत गर्नुभयो भने द्वितिय उपाध्यक्ष गजेन्द्र बहादुर भुजुले कृतज्ञता ज्ञापन गर्नुभयो ।
९समाचार डेस्क स् राजुराम मुनंकर्मी
फोटो स्रोत स् सचिव राम सैंजु
सम्पन्न मिति स् २०८१ चैत्र ३० गते शनिबार०