वातारणीय समस्या निम्ताउने हामी आफै ः डा.गोसाई
भक्तपुर । वातावरण बिज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतन प्रमुख कारण सरकार र नीति रहेको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले बिज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलावायु परिवर्तनमा देखिएको छ ।
काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदुषणको समस्या उस्तै रहेको गोसाईले बताउँदै यसको समाधानको लागि सरकारले बैकल्पिक र नवीकरणीय उर्जाको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
अनवीकरणीय उर्जा प्रयोग गरिने सवारी साधनको प्रयोगमा कमी ल्याउँदै बिद्युतिय सवारी साधनको प्रर्वदन गर्न सकिए मात्र पनि वायु प्रदुषण निकै कम हुने गोसाईले बताए ।
सरकारले बिद्युतिय सवारी साधनको कर कम गर्नुपर्नेमा जोड दिँदै नेपालीहरुलाई यस्ता सवारी साधन प्रयोग गर्न उत्साह प्रदान गर्न सके पनि वायु प्रदुषण कम गर्दै जलावायु परिवर्तनमा सकारात्मक प्रभाव देख्न सकिने गोसाईले बताए ।
वातावरणीय प्रभाव मूल्याङकन नगरी बिकासको नाममा जथाभावी भौतिक संरचनाहरु निमार्ण र बिस्तारले बाढी, पहिरो जस्ता बिपद् निम्तीएको गोसाईले बताए ।
वातावरणीय समस्याहरु समाधान गर्न हरेक ब्यक्ति जिम्मेवार रहे यस्ता समस्याहरु समाधान गर्न तीनै तहको सरकारलाई सहज हुने बताउँदै आजैबाट वातावरण सुधारमा सबैलाई लाग्न गोसाईले आग्रह गरे ।
Featured Posts – Style 1
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
2026-09-09 Comments Off on नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास...
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
2026-09-09 Comments Off on प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोगकाठमाडौंः मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन...
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
2026-09-09 Comments Off on हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ...
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...














