नागरिकता विद्येयक विरोध नेमकिपाका विरोध जुलुस र सभा
काठमाण्डौं, असोज १गते
सच्चा नेपालीलाई सहजरुपमा नागरिकता दिनुपर्ने तर सहयोग गरेको नाममा विदेशीलाई नागरिकता दिने र देशका प्राकृतिक सम्पतिहरु एक एक गरी विदेशीलाई सुम्पन्दै जाने सरकारको रबैयाले भविष्यमा देशको सार्वभौमिकता खतरामा पर्ने कुरा औल्याउँदै नेमकिपाका सांसद प्रेम सुवालले आमाबुबा दुबै नेपाली नागरिकका सन्तानहरुले मात्रै नेपाली नागरिकता पाउने ब्यवस्था हुनुपर्नेमा जोड दिनु भएको छ । नेपाल मजदुर किसान पार्टीले शुक्रबार काठमाण्डौंको रत्न पार्कमा आयोजित विरोध जुलुस तथा सभामा बोल्दै सांसद सुवालले भारतमा नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने तर नेपालमा बस र सिनेमाको टिकट जस्तै नागरिकता पाउने गरी सत्तासिन दलहरुले विद्येयक पास गर्नु देशघाटी कदम भएको बताउनु भयो । सांसद सुवालले जन्मको आधारमा बंशजको नागरिकता दिन्नै नहुनेमा नेमकिपाले निरन्तर विरोध गदै आएको बताउनु भयो । देशघाटी नागरिकता विद्येयकलाई राष्ट्रपति र अदालतबाट पनि रोक्नुपर्नेमा जोड दिँदै देशलाई फिजीकरण, सिकिमिकरण हुनबाट जोगाउनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक मुलुकमा दलहरुलाई ३ प्रतिशतको प्रावधान राख्नु गलत भएको भन्दै निर्वाचन घोषणा पत्र अनुसार काम गरे नगरेको कुरा महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, नेमकिपा केन्द्रीय सदस्य नारायण महर्जन, नेक्रायुसंघका मिनबहादुर बाताले पनि बोल्नु भएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













