कुर्सिमा बसेरै गरिने निर्वाचन निश्पक्ष हुन नसक्नेः सांसद सुवाल
भक्तपुर, असोज १ गते
निर्वाचन घोषणा भईसकेपछि पनि कुर्सिमा बसेरै गरिने निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले कांक्राबारी सामुदायिक भवन तथा लामा टोल खानेपानी ट्यांकी र धाराको उद्घाटन गर्नु भएको छ । सांसद सुवालले सांसदको पाँच बर्षको अन्तिम दिन एवं विश्वकर्मा पूजाको दिन भक्तपुरको दुर्गम क्षेत्रको रुपमा परिचित लाकुरी भर्याल, काक्राबारीमा सामुदायिक भवन, खानेपानी ट्याकी र धाराको उद्घाटन गर्नु भएको हो ।
निश्पक्ष निर्वाचनका लागि नेमकिपाले दिएको सुझाब एक दिन कार्यान्वयनमा आउने विश्वास ब्यक्त गदै ख्वप कलेज र इन्जिनियरिङ्ग कलेजबाट जनताको छोरोछोरीलाई उच्च शिक्षा दिन सफल भएको बताउँदै भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा रहेको बताउनु भयो ।

सांसद सुवालले जनताको कर र जनश्रमदानबाट काक्राबारीमा सामुदायिक भवन र खोनेपानी ट्याकी बनाउन सफल भएको उल्लेख गर्दै सामुदायिक भवन बनाउन सजिलो तर संरक्षण गर्न गाह्रो हुने कुरालाई ख्याल गर्दै भवनको सरसफाईलाई ध्यान दिदै समुदायलाई आवश्यक शिक्षा दिन कक्षा सञ्चालनलगायत विभिन्न समुदायको हितका लागि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
मानिसको शरीरमा ८० प्रतिशत पानी रहने भएकाले स्वास्थ्यका लागि स्वच्छ खानेपानीको आवश्यकतामा जोड दिदैं सांसद सुवालले खानेपानी ट्याकी निर्माणले स्थानीय १८ घर परिवार लाभावित भएको बताउनु भयो । राष्ट्रिय राजनीतिको चर्चा गर्दै विदेशीलाई सहजरुपमा नागरिकता दिने नागरिकता विद्येयक देशको सार्वभौमिकता हित विपरित भएकाले खारेजीको माग गर्दै आएको बताउनु भयो । उपभोक्ता समितिका अध्यक्ष जितबहादुर तामागको सभापतित्वमा भएको सो कार्यक्रमा शंकर लामाले लामाटोल खानेपानी उपभोक्ता समितिको आर्थिक प्रतिवेदन तथा प्रकाश तामाङले सामुदायिक भवनको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बागमती प्रदेशका सांसद सृजना सैंजूको ३० लाख सिफारिसमा सो सामुदायीक भवन सक्रिय जनश्रमदानबाट तयार भएको सभापति जित बहादुर तामाङले बताए । सो अवसरमा नेमकिपा सुर्यविनायकका श्याम बिसुन्खे, श्रीकृष्ण प्रसाईं, सूर्यभक्त त्वाती, हर्कबहादुर तामाङ, महेन्द्र बखुन्छें बुद्ध लामा लगायतले बोलेका थिए ।














