आदर्श आजाद माविमा बालबालिकाको स्वास्थ्य चेकजाँच
भक्तपुर, भद्र ३१
समताको लागि आवाज भक्तपुरको आयोजनामा सबैको लागि पढाइ कार्यक्रम अन्तर्गत संभावित कार्यगत सिमितता भएका बालबालिकाको स्वास्थ्य चेकजाँच कार्यक्रम आदर्श आजाद माध्यमिक विद्यालय भेलिखेलमा आयोजना गरियो। दुई दिन संचालन भएको उक्त कार्यक्रममा भक्तपुर जिल्लाका चारैवटा नगरपालिकाका सामुदायिक विद्यालयका प्रारम्भिक पहिचान पश्चात् संज्ञानात्मक सिकाइ सग सम्बन्धित संभावित कार्यगत सिमितता भएका बालबालिकाहरुलाई कान्ति अस्पतालका विषय विशेषज्ञ मनोसामाजिक चिकित्सक डा. दिनुका खड्का, डा. आयूश्री गुरुङ र राम पुस्कर शाहको टोलीले ४० जना बालबालिकाहरुको स्वास्थ जाँच गरिएको थियो।

उक्त कार्यक्रममा २ जनालाई रेफर र १ जनालाई अपरेसन गर्नुपर्ने कुराको जानकारी कार्यक्रम संयोजक राजु आचार्यले बताए । प्रारम्भिक पहिचान पश्चात् संभावित कार्यगत सिमितता भएका बालबालिकाहरुको पठन सिप प्रवधन गर्न सहयोग गर्ने, पढाइ उपलब्धि सुधार गर्ने, बालबालिकामा हुन सक्ने विचलनको परिणामलाई न्युनिकरण गर्नुका साथै अपाङ्गता हुन सक्ने सम्भावनाबाट जोगाउन समेत मदत मिल्ने कुरा परियोजना अधिकृत रिता श्रेष्ठ बताउनुहुन्छ। साथै उहाँले आउँदो बुधबार स्वर बोलाई र सुनाई संग सम्बन्धित संभावित कार्यगत सिमितता भएका बालबालिकाहरुको स्वास्थ चेक जाँच हुने समेत जानकारी दिए ।













