राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु
भक्तपुर, पुस २४ गते
मध्यपुर थिमीमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल भारोत्तोलन संघले भक्तपुरको मध्यपुर थिमीस्थित थिमी व्याक्वेटमा आजबाट प्रतियोगिता सुरु गरेका हुन । संघको शाखा कार्यालय रहेका २१ जिल्ला सहित देशका विभिन्न क्षेत्रबाट महिला र पुरुष गरी २ सय जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएको छ ।
हरेक वर्ष राष्ट्रिय स्तरमा आयोजना हुँदै आएको भारोत्तोलन प्रतियोगिता यस वर्ष भक्तपुरमा आयोजना गरेको चर्चा गर्दै संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले प्रतियोगितामा जुनियर देखि सिनियरसम्मका खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा भएको बताए । नयाँ खेलाडीहरुलाई पनि राष्ट्रियस्तरको प्रतियोगितामा खेल्ने अवसरको रुपमा प्रतियोगिता आयोजना भएको उहाँले बताए । विभिन्न १० विदामा २६ औं पुरुष र ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना भएको भन्दै अध्यक्ष श्रेष्ठले प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीबाट आज दिउँसो उद्घाटन भएको उहाँले बताए ।
कूल ८६ लाख लागत इष्टिमेटमा आयोजित सो प्रतियोगिताको पुरस्कार वितरण विहिबार दिउँसो आयोजना हुने भन्दै अध्यक्ष श्रेष्ठले आज र भोली दिनभर प्रतियोगिता आयोजना गरी पर्सिको दिनमा केही फाइनल मात्र देखाएर विजयी खेलाडीहरुलाई पुरस्कृत गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले जनसञ्चार खवरलाई जानकारी दिएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














