गणेश मन्दिरमा ४ लाती चोर्ने प्रयास गरेको आशंका

गणेश मन्दिरमा ४ लाती चोर्ने प्रयास गरेको आशंका
भक्तपुर, भाद्र २९ गते
भक्तपुरको कमलविनायक पोखरीस्थित कमलविनायक गणेश मन्दिरमा चोर्न प्रयास गरेको छ । हिजो राति सवा नौ बजेतिर एक युवकले मन्दिरको मुख्य ढोकामा लातिले हानेर ढोको फोरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थमान दुमरुका अनुसार अन्दाजी ३० वर्षका एक युवकले हिजो साँझ सवा नौ बजेतिर मन्दिरको ढोकामा ४ लातीले हानेर ढोका फोरेको सिसि क्यामेरमा देखिएको बताए । ढोका फोरेर फरार भएका ति युवकको खोजि कार्य जारी राखेको छ । मादक पदार्थ सेवन गरेर सो कार्य गरेको हो की चोर्ने प्रयास गरेको हो सो बारे प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताए ।