पटक पटकको ताकेतापछि महालक्ष्मी देखि खरिपाटी ब्यारेक सम्मको बाटो बन्ल तालतुल गरेर भए पनि बन्न थाल्यो ।
भक्तपुर, कार्तिक १० गते
पटक पटकको ताकेतापछि महालक्ष्मी देखि खरिपाटी ब्यारेक सम्मको बाटो बन्ल तालतुल गरेर भए पनि बन्न थालेको छ । पानी पर्दा हिलामय र घाम लाग्दा धुलामय तथा खाल्डाखुल्डीले भरिएको नगरकोट जाने पर्यटकीय माग आज देखि बन्न थालेको हो । स्थानीय समुदाय र जनप्रतिनिधीहरुको सक्रियतामा डिभिजन सडक कार्यालयको पटक पटकको ध्यानाकर्षण पस्चात आज खाल्डाखुल्डी ताल्ने कार्य भएको हो ।


खाल्डाखुल्डी ताल्नेक्रममा आज दिनभर सो सडक बन्द रहँदा सवारी आवागमणमा केही जतिलता आएपनि आज साँझबाट पुनरुपमा सवारी संचालन हुन थालेको छ । विद्युतको तार भूमिगत गर्ने कार्यले पनि खाल्डाखुल्डी परेर हिलामय र धुलामय भएको सो सडक केही समय पश्चात पुनः बनाउने गरी अहिलेलाई खाल्डाखुल्डी भर्ने कार्य भएको भनपा १० वडा कार्यालयका वडा निरिक्षण रामकृष्ण प्रजापतिले जनाएको छ ।
स्थानीयको विरोधपछि स्थानीय जनप्रतिनिधीहरु सहितको टोलीले यसै हप्ता मात्रै पनि डिभिजन सडक कार्यालय भक्तपुरको ध्यानाकर्षण गराएका थिए ।













