बालेन भक्तपुरमाः भक्तपुर नगरको मौलिकताको प्रसंशा

बालेन भक्तपुरमाः भक्तपुर नगरको मौलिकताको प्रसंशा
भक्तपुर, भाद्र २५गते
भक्तपुर नगरमा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधीहरुलाई आज भक्तपुर नगरपालिकाले स्वागत गरेको छ । सो अवसरमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला संस्कृतिमा विशेष जोड दिदै आएको उल्लेख गर्दै नगर भित्र जे छ यसैलाई विकास गर्ने उदेश्य अनुसार भूकम्पपछि विदेशीको सहयोग विना पनि सयौं सम्पदाहरु मौलिक शैलिमा निर्माण गरी ऐतिहासिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धनमा जोड दिन्दै आएको बताउनु भयो । स्थानीय तहहरु स्वायत हुनुपर्नेमा जोड दिन्दै स्थानीय तहका साझा समस्याहरु सम्बोधानकालागि कानून वा संविधान संशोधन गरेर भए पनि सहजिकरण गर्नुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनु भयो ।


निर्वाचन घोषणा पत्र अनुसार बैज्ञानिक समाजवाद उन्नमुख शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत विषयहरु इमान्दारीताका साथ जनताको सेवा सर्मित भएर भक्तपुर नगरपालिकाले नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको सय वर्षपछिको भक्तपुरको परिकल्पना अनुसार अगाडी बढि रहेको बताउँनु भयो ।

सो अवसरमा भक्तपुर नगरको मौलिक संस्कृति, भूकम्प थेग्ने प्रविधि, शान्त वातावरण, आत्मनिर्भरताको बाटो अनुकरणीय भएको भन्दै काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सांसदले होइन स्थानीय तहले नै स्थानीय बाटो घाटो बनाउने र विकास गर्नुपर्नेमा जोड दिएका छन् । मेयर शाहले विदेशीको सहयोगमा भन्दा आफ्नै खुट्टामा उभिन्ने भक्तपुर नगरपालिकाको काम सह्रायनिय भएको बताउँदै उभोक्ता समिति वा ठेक्काबाट भए पनि नगरपालिकाको पैसा नगरवासीहरुको हातमा पुर्याएर नगर विकासको अनुभूति नगरवासीलाई गराउनुपर्नेमा जोड दिए ।
सहभागि विभिन्न नगपालिकाहरुको प्रतिनिधित्व गर्दै विरातनगर महानगरपालिकाका प्रमुख नागेश काईरालाले भक्तपुर नगरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै ख्वप विश्व विद्यालयसम्म बनाउने कार्य प्रसंशनीय रहेको चर्चा गर्दै आफ्नो नगरपालिकाहरुमा पनि यसै गरी विकास गर्न चाहेको बताउनु भयो भने रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले आफ्ना नगरका कृषकहरुले सिचाई र रासायनिक मलको अभाब झेलि रहेको बताउँदै आआफ्ना नगरपालिकाहरुको अनुभवहरु आदान प्रदानले पनि सिकाई अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । इन्द्र जात्राको अवसरमा राष्ट्रपति, मन्त्रीहरु भन्दा आम जनताले काठमाण्डौमा बालेन्द्र शाहलाई रुचाएको देखेर आफू गौराम्भिवित भएको बताउनु भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरको ऐतिहासिक, सांस्कृतिक महत्व सहित नगरपालिकाका महत्वपूर्ण कार्यहरुकोे परिचय प्रस्तुत गरेका थिए ।