भक्तपुरका नयां प्रजिअलाई भक्तपुर चेम्बरबाट स्वागत
भक्तपुर, भाद्र ४ गते
भक्तपुर जिल्लाको नया“ कार्यकालका लागि आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मालाई भक्तपुर चेम्बर अफ कमर्शले आज भक्तपुरमा स्वागत ग¥यो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर, नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार श्री रोशन भोयद्यो, भक्तपुर चेम्बरका कार्यसमिति सदस्य श्री गोकूल प्रसाढ प्रजापति लगायतले क्रमश फूलको गुच्छा, खाडा र मायाको चिनो सहित प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा स्वागत गर्नुहुंदै भक्तपुर चेम्बरका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले भक्तपुर चेम्बर जिल्लाका उद्यमी व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था भएको र जिल्लाका उद्यमी व्यवसायीहरुको हक हितको संरक्षण र प्रवद्र्धनका लागि कार्य गर्दै आएको बताउनु भयो ।
सो क्रममा स्वागत सम्मान ग्रहण गर्नु हुंदै प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले जिल्लाको आर्थिक समाजिक विकासको कार्यमा प्रशासन र चेम्बरबीच आपसी सहकार्य मजबुट हुने बताउनु भयो । यसैगरी वहा“ले भक्तपुर जिल्लालाई मुलुककै उत्कृष्ट जिल्ला बनाउने लक्ष्य सहित कार्य गर्ने बताउनु हु“दै सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार श्री रोशन भोयद्योले भक्तपुर जिल्लाको विकासमा नेपाल चेम्बर अफ कमर्शले समेत सहकार्य गर्दै आएको बताउनु भयो ।
त्यस्तै भक्तपुर चेम्बरका कार्यसमिति सदस्य श्री गोकुल प्रसाद प्रजापतिले व्यवसायीले आर्थिक गतिविधिका साथसाथै सामाजिक कृयाकलापहरु पनि गर्दै आएको बताउनु हु“दै भक्तपुर चेम्बरले गर्दै आएका सामाजिक गतिविधिहरुका बोरेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भएको थियो ।
सो क्रममा भक्तपुर चेम्बर अफ कमर्शले गर्दै आएका विभिन्न गतिविधिहरुका सम्बन्धमा भक्तपुर चेम्बरका प्रमुख कार्यकारी अधिकृत श्री राजु मान बज्राचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













