२१ औं शताब्दीकालागि सक्षम जनशक्ति तयार पार्न नेमकिपा अध्यक्ष विजुक्छेको आग्रह
भक्तपुर, भाद्र १७ गते
एकाइसौं श्ताब्दीको लागि सक्षम जनशक्ति तयार हुने गरी विद्यार्थीहरुलाई तयार पार्न पाठ्यसामग्री भन्दा बाहिरको पनि अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले आज उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको छ । सार्वजनिक माध्यमिक विद्यालय भक्तपुरले आज समाज सुधार मावि भक्तपुरमा आयोजित मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता एसईई परीक्षा २०७८का उत्कृष्ठ विद्यार्थीहरुलाई बधाई तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष विजुक्छेले सो कुरा बताउनु हुँदै हाजिरजवाफ प्रतियोगितामा प्रथम भएका बागेश्वरी मावि, दोस्रो भएका पञ्चकन्या मावि, तेस्रो भएका बासु मावि र सान्तोना भएका ज्योति माबिका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भयो । अध्यक्ष विजुक्छेले सो अवसरमा अन्य सहभागि विद्यालयका प्रतिनिधीहरुलाई प्रमाण पत्र पनि वितरण गर्नु भयो । सो अवसरमा अध्यक्ष विजुक्छेले एसईई परीक्षा २०७८ मा ३.६ जिपिए भन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाईज्ञापन गर्दै प्रसंशा पत्र पनि वितरण गर्नु भएको थियो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद मावि भेलुखेलका प्रधानाध्यापक एवं प्राचार्य श्रीकृष्ण किसीले सो अवसरमा समितिमा आबद्ध १६ वटा सार्वजनिक विद्यालयका सिकाई अनुभवहरुलाई आपसमा आदान प्रदान गर्दै सार्वजनिक विद्यालयको शैक्षिकउनयनका लागि क्रियाशिल रहेको बताउँदै विद्यार्थीहरुको शैक्षिकस्तर विकास गर्न शिक्षक, अभिभाव र विद्यार्थीहरु बीचको अन्तरसम्बन्ध प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो । प्राचार्य किसीले एमसीसी, एसपी, नागरिकता विद्येयक जस्ता समसामयिक विषयका राम्रा नराम्रा पक्षहरु बारे पनि विद्यार्थीलाई प्रशिक्षित पार्न सके विद्यार्थीहरुको बौद्धिक विकास हुने विश्वास व्यक्त गर्नु भयो भने बासु माविका प्राधानाध्यापक अम्विका न्याईच्याईले विद्यार्थीहरुलाई व्यवहारिक बनाउन प्राविधिक शिक्षाको आवश्यकातामा जोड दिनु भयो भने समाज सुधार माविका प्रधानाध्यापक जगनाथ प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षक रामसुन्दर किवानायोले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













