Earthquake Engineering/Urban Design and Conservation का विद्यार्थीहरुलाई स्वागत एवम् अभिमुखीकरण कार्यक्रम
२०७९ भदौ १५ गते, बुधबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आएका Earthquake Engineering/Urban Design and Conservation का विद्यार्थीहरुलाई स्वागत एवम् अभिमुखीकरण कार्यक्रम बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा गलत ढंग प्रयोग गरिरहेको बताउनुहुँदै उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र सँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।


विश्वका अन्य मुलुकहरुमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरु राजनीतिक क्षेत्रमा सक्रिय रहेको बताउनुहुँदै ख्वपका विद्यार्थीहरुले पनि आफ्नो विज्ञतासँगै समाज र देशको पक्षमा काम गर्न देशको राजनीतिमा चासो राख्नुपर्ने बताउनुभयो ।
बन्द, हड्तालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याउनेतर्फ सचेत पार्नुहुँदै उहाँले अंग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालनतर्फ जोड दिनुपर्ने बताउनुभयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएको बताउनुहुँदै विश्वसँग प्रतिस्पर्धा गर्नको निम्ति अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
कार्यक्रमका सभापति कलेज सञ्चालन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा शिक्षा क्षेत्रमा नेपालमै सबभन्दा अगाडि बढेको नगरपालिका भएको बताउनुभयो ।
विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको खुल्ला रुपमा आलोचना गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै उहाँले भक्तपुर नपा सम्पदा पुनःनिर्माणमा नमुना सहरको रुपमा उभिन सफल भएको बताउनुभयो ।
सरकारको असहयोगका कारण हालसम्म पनि ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको भक्तपुर नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विभिन्न विषयहरुमा आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको र यस्ता सम्मेलनहरुको आयोजनाले विभिन्न देशका विश्वविद्यालयहरु सँगको सम्पर्क बढ्दै जाने र ज्ञानको क्षेत्र फराकिलो हुँदै जाने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको भ्बचतजत्रगबपभ भ्लनष्लभभचष्लन र ग्चदबल म्भकष्नल बलम ऋयलकभचखबतष्यल विषयमा ९ वटा विभिन्न जिल्लाका ३७ जना विद्यार्थीहरु अध्ययनको लागि आएको बताउनुहुँदै भक्तपुर नपाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप सर्कलका शिक्षण संस्थाहरु स्थापना गरेको हो भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरु किताबी ज्ञानमा मात्रै केन्द्रित हुन नहुने बताउनुहुँदै कलेजले भ्बचतजत्रगबपभ भ्लनष्लभभचष्लन र ग्चदबल म्भकष्नल बलम ऋयलकभचखबतष्यल विषय छनोट गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
एन् म्भउत या भ्श् का विभागीय प्रमुख डा. मन्जिप शाक्य नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकोले भक्तपुर नपाले पठन पाठन गर्दै आएको विषय निकै महत्वको भएको बताउनुहुँदै विद्यार्थीहरुले पढाईसँगसँगै आफ्नो शोधपत्र पनि समयमै सकाउन मेहेनत गर्नुपर्छ भन्नुभयो ।
कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छेले विद्यार्थीहरुलाई परीक्षामा उत्तीर्ण हुनु मात्र ठूलो विषय नभएको बताउनुहुँदै विश्वविद्यालय तथा कलेजहरुले अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखी अगाडि बढ्न सके विद्यार्थीहरुको सैद्धान्तिक र प्रयोगाात्मक शिक्षामा थप टेवा पुग्ने बताउनुभयो ।
एन् म्भउत या ग्म्ऋ का विभागीय प्रमुख आ. लिबास फैजुले अर्बान डिजाइन एण्ड कन्जरर्भेसन विषयको महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य रबिन्द्र फोँजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने आ. रबिना शिल्पकारले पनि बोल्नुभएको थियो ।