कमलविनायकमा मधुमेह र दन्त शिविर आयोजना
भक्तपुर , १८ भाद्र । भक्तपुरमा आयोजित मधुमेह र दन्त शिविरमा २२५ जनाले स्वास्थ्य परिक्षण गराएको स्थानीय जनप्रतिनिधी लक्ष्मीप्रसाद ह्यौमिखाले जनाएको छ । यसरी परिक्षण गराउनेहरुमा १२५ जना मधुमेह र १०० जना दन्त सम्बन्धि रोगहरुको परिक्षण गराएका हुन । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजना आज मेधुमेह र दन्त शिविर आयोजना गरेको हो ।
बक्सिङ कबर्ड हल कमल बिनायकमा आयोजना भएको सो शिविरको पूर्वजनप्रतिनिधी चन्द्रबहादुर उलकले मेधुमेह र दन्त शिविर राखेको एक अर्काेतिर सम्बन्धित भएको बताउँदै शिविरले रोगको पहिचान भइ जीवन बचाउन सकेको उदाहरण छ भन्दै क्यान्सर रोगको शिविरले धेरै महिला दिदीबहिनीको उपचारले निको भएको बताउनुभयो । उहाँले सुगरले दाँत, आँखा, कलेजो बिगार्ने बताउँदै शिविरमा गरेको परिक्षणले बेलैमा स्वास्थ्य अवस्था थाहा पाउने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले स्वास्थ्य जीवनको अमुल्य चिज भएको बताउँदै त्यहीँ कारण धेरै पहिलादेखि जनस्वास्थ्य सुरु गरी ख्वप अस्पतालससम्म सुरुवात गरेको बताउनुभयो । उहाँले ख्वप अस्पतालले भक्तपुर नगरका जनताको मात्र नभई देशकै सेवा भइरहेको बताउनुभयो । उहाँले खानपिन र बजारको खानाले किनेर रोग पालिराखेको बताउँदै आफैंले स्वस्थ्यको ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा.इभा कंशाकारले सुगर र दन्त एक अर्कोको परिपुरक भएकोले दाँत दुखाई सुगरको कारण हुने भएकोले परिक्षण आवश्यक छ भन्नुभयो । कार्यक्रम महिला वडासदस्य तारा शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














