२१ औं शताब्दीकालागि सक्षम जनशक्ति तयार पार्न नेमकिपा अध्यक्ष विजुक्छेको आग्रह
भक्तपुर, भाद्र १७ गते
एकाइसौं श्ताब्दीको लागि सक्षम जनशक्ति तयार हुने गरी विद्यार्थीहरुलाई तयार पार्न पाठ्यसामग्री भन्दा बाहिरको पनि अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित)ले आज उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको छ । सार्वजनिक माध्यमिक विद्यालय भक्तपुरले आज समाज सुधार मावि भक्तपुरमा आयोजित मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता एसईई परीक्षा २०७८का उत्कृष्ठ विद्यार्थीहरुलाई बधाई तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष विजुक्छेले सो कुरा बताउनु हुँदै हाजिरजवाफ प्रतियोगितामा प्रथम भएका बागेश्वरी मावि, दोस्रो भएका पञ्चकन्या मावि, तेस्रो भएका बासु मावि र सान्तोना भएका ज्योति माबिका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भयो । अध्यक्ष विजुक्छेले सो अवसरमा अन्य सहभागि विद्यालयका प्रतिनिधीहरुलाई प्रमाण पत्र पनि वितरण गर्नु भयो । सो अवसरमा अध्यक्ष विजुक्छेले एसईई परीक्षा २०७८ मा ३.६ जिपिए भन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाईज्ञापन गर्दै प्रसंशा पत्र पनि वितरण गर्नु भएको थियो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद मावि भेलुखेलका प्रधानाध्यापक एवं प्राचार्य श्रीकृष्ण किसीले सो अवसरमा समितिमा आबद्ध १६ वटा सार्वजनिक विद्यालयका सिकाई अनुभवहरुलाई आपसमा आदान प्रदान गर्दै सार्वजनिक विद्यालयको शैक्षिकउनयनका लागि क्रियाशिल रहेको बताउँदै विद्यार्थीहरुको शैक्षिकस्तर विकास गर्न शिक्षक, अभिभाव र विद्यार्थीहरु बीचको अन्तरसम्बन्ध प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो । प्राचार्य किसीले एमसीसी, एसपी, नागरिकता विद्येयक जस्ता समसामयिक विषयका राम्रा नराम्रा पक्षहरु बारे पनि विद्यार्थीलाई प्रशिक्षित पार्न सके विद्यार्थीहरुको बौद्धिक विकास हुने विश्वास व्यक्त गर्नु भयो भने बासु माविका प्राधानाध्यापक अम्विका न्याईच्याईले विद्यार्थीहरुलाई व्यवहारिक बनाउन प्राविधिक शिक्षाको आवश्यकातामा जोड दिनु भयो भने समाज सुधार माविका प्रधानाध्यापक जगनाथ प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षक रामसुन्दर किवानायोले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














