असारे विकासले ताथलीका विभिन्न क्षेत्रमा पहिरो जाँदा दजनौ घरहरु धरापमा, सरोकारवाला निकायले ध्यान नदिन्दा स्थानीय आक्रोसित

असारे विकासले ताथलीका विभिन्न क्षेत्रमा पहिरो जाँदा दजनौ घरहरु धरापमा
सरोकारवाला निकायले ध्यान नदिन्दा स्थानीय आक्रोसित
श्रवण १६ गते
असारे विकासले ताथलीका विभिन्न क्षेत्रमा पहिरो जाँदा दर्जनौ घरहरु धरापमा परेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ९स्थित ताथलिको छुकां टोल, गिरी गाउँ र खड्का गाउँका विभिन्न ६ ठाउँहरुमा पहिरोले दजनौ घरहरु धरापमा परेका हुन । गत बर्षको मौसमले गिरी गाउँ, राधाकृष्ण गणेश मन्दिर परिसर मात्र धरापमा पर्ने गरी पहिरो गएको थियो भने यस वर्ष सोही स्थानहरु सहित अन्य थप ४ ठाउँमा पनि पहिरो जाँदा स्थानीय समुदाय बेचेन भएका छन् । गत असार र श्रावण महिनाको वर्षासँगै ति ठाउँहरुमा भयानक पहिरो गएको उल्लेख गर्दै स्थानिय नारायणभक्त ठुयाजुले पहिरो रोक्न संसद विकास कोषबाट ग्रेडिंग वाल बनाउँदा पनि सोही ठाउँमा थप फराकिलो पहिरो जाँदा स्थानीय थप जोखिममा परेको बताए । पहिरोको जोखिम भएको भनि गत वर्ष देखि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदा गराउँदै पनि गत असार महिनामा मात्रै बजेट आएकाले असारमै ग्रेडिंग वाल निमार्ण गरी पहिरो रोकथाम गर्ने प्रयास गरेको तर रोकथामका सत्ता थप बनाएको ग्रेडिंग वाल समेत पहिरो गएपछि स्थानीय बासिन्दा थप जोखिममा परेको उहाँले बताए, असरे विकासले थप विनास निम्त्यायो । अव के कसरी जोखिम व्यवस्थापन गर्नुपर्ने हो सो बारे स्थानीयले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको छ । तर पर्याप्त ध्यान दिन सकेको छैन ।


यसरी पहिरो गएका गाउँहरुमा देवी मावि सौडोलसँगैको छुकां टोलको सडक छेउ, गिरी टोलको बाटोका दुई ठाउँ र खड्का गाउँका ३ ठाउँहरुमा पहिरो गएका हुन । पहिरो गएका आसपासका घर सम्रचना र मन्दिर तथा धर्मशालाहरु समेत थप जोखिममा परेको बताउँदै स्थानीय समुदायले साँसद प्रेम सुवाल र जिल्ला प्रशासनको टोली बाहेक अरु कसैले हेर्न सम्म नआएको, पहिरोको जोखियुक्त क्षेत्र जोगाउन पर्याप्त त्रिपास समेत उपलब्ध हुन नसकेको गुनासो गरेका छन् । नगरपालिकाले कडरौंको खेल मैदान, पार्क बनाउन सक्ने तर नगरवासी बस्ने घर सम्रचना र बाटो संरक्षण गर्न किन नसक्ने ? स्थानीयले नगरपालिकाका जनप्रतिनिधीहरुलाई प्रश्न गरेका छन् ।
पहिरो जाँदा भूकम्पपछिको पुनर्निर्माणमा जुति रहेका गिरी गाउँका समुदायले फेरी पनि भूकम्पकै बेला जस्तो कम्पन्न प्रत्यक्ष अनुभूति गर्दै भागदौड गर्नुपरेको स्मरण गर्दै अन्यत्र बस्ने ठाउँ समेत नहुँदा जोखिम भएकै घरमा दिनरात बस्दै आएको सुनाए । पानी पर्दा भने मन आतिने, रातिको समयमा निन्द्रा नलागेसम्म कहि पहिरोले लाने हुन कि भनि डर लागि रहेने बताउँदै पहिरो रोकथाम गरी दिन सरोकारवाला निकायलाई स्थानीय समुदायले अनुरोध गर्दै आएका छन् ।
उता खड्का गाउँका राध्येश्याम खड्काको दाजुभाईको घर छेउमै पहिरो गएपछि ताथलीको ऐतिहासिक गाईजात्रा जाने बाटो समेत भत्किएको छ भने तिनीहरुको घरका वाल र पेटी तथा आगँनहरुमा चिरा चिरा पारेको छ । भूकम्प प्रविधिका प्राविधिकहरुलाई निरिक्षण गराउँदा नवनिर्मित सो घरमा नबस्न भन्ने पछि खड्का परिवार छिमेकीको सरणमा बस्नुपरेको छ । सोही टोलको गणेश मन्दिर र राधाकृष्ण मन्दिरमा पनि पहिरोले गर्दा जमिन मात्र होइन मन्दिरका विमहरु समेत चर्किन थालेको छ । जनश्रमणदान गरी बनाएका ति मन्दिर परिसर कहिले पहिरोले लाने हुन स्थानीय त्रसिद भएका छन् । त्यसैले रोकथामका लागि सरोकारवाला निकायको ध्यानाकर्षित गराउँदै आएको पीडितहरुले बताए ।