भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक

बागमती प्रदेश सरकारद्वारा भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक आज एक समारोहबीच हेटौंडामा प्रदान गरेको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले भक्तपुर नगरपालिकाका तर्फबाट भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वमार्फत उक्त विपद्सेवी सम्मान तथा पदक हस्तान्तरण गर्नुभएको थियो ।