भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको आज फेरी धर्ना, नाराबाजी र घेराउ

भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको आज फेरी धर्ना, नाराबाजी र घेराउ
भक्तपुर, २१ मंसिर
धुवां धुलो र ध्वनी प्रदुर्षणको विरोधमा भक्तपुर औद्योगिक क्षेत्रमा पीडितहरुको तर्फबाट आज फेरी धर्ना र नाराबासी गर्दै औद्योगिक व्यवस्थापन कार्यालय घेराउ गरेका छन् । भक्तपुरको स्थानीय मौलिक साना तथा घरेलु उद्योग मात्रै सञ्चालन गर्ने उदेश्यले स्थापना गरिएको भक्तपुर औद्योगिक क्षेत्रमा क्षमता भन्दा बढी एवं स्वीकृतविनाका प्रदुर्षणयुक्त उद्योगहरु सञ्चालन प्रवर्धन हुँदै आएको उल्लेख गर्दै स्थानीय समुदायले निमानुसार मात्रै सञ्चालन गर्न एवं प्रदुर्षण रोकथाम तथा त्यस्ता उद्योगहरु स्थानान्तरणको लागि समेत माग गर्दै औद्योगिक व्यवस्थापन कार्यालयको ध्यानाकर्षण गराएका हुन ।
घेराउमा रहेका समुदायले भक्तपुर औद्योगिक क्षेत्रलाई साना उद्योग क्षेत्र कायम गर, नेपाल सरकारको प्रतिबद्धता कार्यान्वयन गर, औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर, ध्वनि, धुवाँ, रसायन प्रदुर्षण फाल्ने उद्योगहरु अबिलम्ब हताऊ, प्लाष्टिकजन्य उद्योगहरु बन्द गर, नियम बिपरित संचालित उद्योगहरु अबिलम्ब हटाऊ, भ्रष्ट अधिकारीहरुलाई कार्वाही गर, किसानको जग्गा किसानलाई नै फिर्ता गर, नियम बिपरीत उद्योग सञ्चालन गर्ने उद्योगीहरुलाई कार्बाही गर, धुँवा,धुलो फाल्न पाईन्दैन, जनता मार्न पाइदैन, मानव बस्ती बीच रहेका ध्वनी, धुँवा र रसायन प्रदुर्षण फाल्ने उद्योगहरु अबिलम्ब हटाउ, लगायतका नाराहरु लगाएका थिए

विहान १० देखि ५ बजेसम्म मात्र सञ्चालन नगरी रातीको समयमा समेत उद्योगहरु सञ्चालन गरी स्थानीयबासीहरुलाई मानसिक रुपमा समेत तनाव सृजना गरेकाले त्यस्ता उद्योगहरु स्थानान्तरणका लागि समेत स्थानीयले जोड दिन्दै भक्तपुर औद्योगिक क्षेत्रलाई घरेलु तथा साना उद्योगग्रामको रुपमा मात्रै सञ्चालन गर्न आग्रह गरेका छन् ।
आज गरेको घेराउमा मजदुर नेता उपेन्द्र सुवालले उद्योग विकासको नाममा मानव स्वास्थ्यलाई हानि पुर्याउने किसिमका उद्योगहरु मानव बस्तीमै सञ्चालन गर्दा धेरै ठाउँहरुमा द्वन्द सृजना भइरहेको उल्लेख गर्दै ध्वनी र धुवा प्रदुर्षण हुने उद्योगहरु ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो भने भक्तपुर नगरपालिकाका वडानिरिक्षक रामकृष्ण प्रजापतिले सो क्षेत्रमा संचालिन उद्योगहरुका कारण स्थानीय बासिन्दा सहित नगरपालिकाका कर्मचारीहरु समेत विरामी पर्न थालेको उल्लेख गर्दै प्रदुर्षण हुने उद्योगहरु स्थानान्तरणको लागि जोड दिनु भयो ।
यसै गरी स्थानीय पीडित जनताको तर्फबाट स्थानीय राजन जति र विनोदचरण रायले भक्तपुर औद्योगिक क्षेत्रका उद्योगहरुले पुर्याइ रहेको धुवा ध्वनीप्रर्दषणको अवस्था बारे जानकारी दिदै प्रर्दुषण न्यूनिकरणका लागि भइरहेको प्रयासका साथै पीडितहरुको मागहरुप्रति उद्योग व्यवस्थापन कार्यालयका जिम्मेबार कर्मचारीहरुले ब्यवास्था गर्दै आएका उल्लेख गराए ।