२४ औं पुरुष र ९ महिला भारोत्तोलन मध्यपुरमा आयोजना हुने
मध्यपुर, पौष १५ गते
साग र अन्य अन्तर्राष्ट्रिय खेलकूदमा नेपालले सबै भन्दा बढी पद्क जित्न सफल खेल भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता भक्तपुरमा आयोजना हुने भएको छ । यही पौष २७, २८ र २९ गते सम्म २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता युथ, जुनियर र सिनियर गरी ६ वटा इभेन्टस् एकैचोटी भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने भएको आयोजक नेपाल भारोत्तोलन संघले जनाएको छ । संघले आज मध्यपुर थिमीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता बारे जानकारी दिदै साग एरिनामा १५८ र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गरी भारोत्तोलनमा हालसम्म १८४ सर्वाधिक पद्क प्राप्त गर्न सफल भएको जनाए ।
मध्यपुर ठिमीमा आयोजना हुने यस वर्षको राष्ट्रिय प्रतियोगितामा २३ टिम सहभागि हुने निश्चित भएको भन्दै संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सो प्रतियोगिता १८० पदकका लागि हुने बताए । IWF, AWF र NWA को नियम अन्तर्गत सञ्चालन हुने सो प्रतियोगितामा अन्दाजी २०० जना खेलाडी सहभागि हुने आयोजकले जनाएको छ । सो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न अनुमानित ५१ लाख रुपियाँ बजेट विनियोजन गरिएको पनि आयोजक समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














