नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ।।
नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ । हिजो देशभर हालसम्मकै धेरै मानिसहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो एकैदिन देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै ४ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ३२ पुगेको छ । देशभर ६ सय ४९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहे पनि नागरिकमा भने भ्रम कायमै रहेको एक जना सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाले सीआईएनसँग बताउनुभयो । वैज्ञानिकहरूका अनुसार कोरोनाको पछिल्लो समय देखिएको म्यूटेशन कमजोर भएकाले यसले मानिसहरूमा गम्भीर अवस्था उत्पन्न गराएको छैन । तर, सङ्क्रमण गराउने दर अझै तीव्र रहेकाले यसलाई सामान्य रुपमा लिन हुँदैन ।
Featured Posts – Style 1
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
2026-09-11 Comments Off on त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ? अच्युतकृष्ण...
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
2026-09-11 Comments Off on सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न
सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस महासमागम भव्य रूपमा सम्पन्न जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवस...
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
2026-09-11 Comments Off on नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्माललितपुर,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे...
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...












