डा. गोविन्द के.सी.को जीवन रक्षा गर : टीआइ नेपाल ।

डा. गोविन्द के.सी.को जीवन रक्षा गर : टीआइ नेपाल ।
२०७७ असोज १८ गते
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अनसनरत डा.गोविन्द के.सी.को जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरेको छ । टीआइ नेपालका अध्यक्ष खेमराज रेग्मीले आज प्रेश विज्ञप्ति जारी गरि सोको ध्यानाकर्षण  गराएको हो ।

स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षा क्षेत्रमा विद्यमान विकृति विसंगतिका विरुद्ध डा.गोविन्द के.सी.ले सत्याग्रहका माध्यमबाट पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आउनु भएको भन्दै  डा. के.सी.संग सरकारले गरेका सम्झौता अनुरुप ती क्षेत्रहरुमा कतिपय सुधारका कार्यक्रमहरु सम्पन्न पनि भएका छन् तर अझै पनि कतिपय मुद्दाहरुमा सरकार आफैले लिखित प्रतिवद्धता जनाए पनि कार्यान्वयनमा उदासीनता देखाउनु कुनै पनि जिम्मेवार सरकारको लागि सुहाउने विषय होइन प्रेश विज्ञप्तिमा भनिएको छ । सरकार स्वयंले तत्परता देखाएर सम्झौताका बाँकी विषयहरुको कार्यान्वयन गर्नुपर्नेमा डा.गोविन्द के.सी.ले आफ्नो जीवन धरापमा पारी आमरण अनसनको माध्यमद्वारा सरकारको ध्यानाकर्षण गर्नुपर्ने बाध्यता विडम्बनापूर्ण रहेको पनि जानेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ‘राष्ट्रिय सदाचार सम्मान’ द्वारा सम्मानित डा.के.सी बृहत्तर राष्ट्रिय हितमा विधि र पद्धतिका बारेमा सशक्त आवाज उठाउने एक ईमान्दार, कर्तव्यनिष्ट र देशभक्त नागरिक भएको उल्लेख गर्दै  टि.आई.नेपाल डा.के.सीको साथमा छ र वाहाँका मागहरुको पूर्ण समर्थन गर्दछ अध्यक्ष रेग्मीले भनेका छन् ।   सरकारले डा.के.सीका मागहरु अविलम्ब पुरा गरी वाहाँको जीवन रक्षा गरोस् भनी टि.आई.नेपाल जोडदार माग गर्दछ अध्यक्ष रेग्मीले जोड दिएका छन् ।