६ महिनामा ४ पटक पेट्रोलियम पदार्थको भाउ बढ्यो ।।
सुसीला श्रेष्ठ सीआईएन काठमाडौं
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल आयल निगमले ४ पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले अन्तरराष्ट्रिय बजारमै पेट्रोलीयम पदार्थको मुल्य १२ पटकसम्म बढ्नुलाई नेपालमा पनि बढाउनुपर्ने बाध्यता भन्छ तर विद्यार्थी सङ्गठनहरुले बढेको भाउ फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।गत भदौ र कात्तिकमा गरी ३ पटक नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य बढायो । सत्ताधारी दलका विद्यार्थी सङ्गठनले बढेको भाउ फिर्ता गराउने भन्दै केही दिन आन्दोलन गरे तर फिर्ता हुनुको साटो २ महिनामै फेरि बढाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँ बढेअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ र डिजल, मट्टीतेललाई १ सय २२ रुपैयाँ तिर्नपर्नेछ । मूल्य बढाइएकोमा सत्ताधारी र विपक्षी दल निकट विद्यार्थी सङ्गठनको विरोध छ । निगम भने जतिसुकै विरोध भए पनि बढेको भाउ फिर्ता लिने पक्षमा छैन । पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायको दाबी छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ ७२ पैसा र डिजेलमा ६ रुपैयाँ ३३ पैसा अझैँ पनि घाटा छ । तर मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा छ । पेट्रोलियम पदार्थको भाउ बढाउँदा चौतर्फी असर पर्ने भएकाले फिर्ता लिनुपर्ने उपभोक्ता अधिकारकर्मी बाबुराम हुमागाईको भनाइ छ । ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा सरकारले कर लगाउने गरेको छ । राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण करका नाउमा रकम लिइँदा इन्धनको भाउ बढ्न गएको नेपाल आयल निगमको भनाइ छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














