मेडिकल कलेजको मनोमानी सामु निरिह नबन्न गृहमन्त्रीलाई शिक्षा मन्त्रीको आग्रह ।।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएसका विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाहीमा ढिलो नगर्न गृहमन्त्री बालकृष्ण खाँणसँग अनुरोध गर्नुभएको छ । हिजो साँझ आन्दोलनरत विद्यार्थी र सङ्गठनहरूसँग छलफल गरिरहेको बेला मन्त्रालयबाटै पौडेलले गृेहमन्त्री खाँणलाई टेलिफोन गरी राज्य निरिह हुन नहुने बताउनुभएको हो । सीआईएनसँग कुराकानी गर्दै मन्त्री पौडेलले कलेजको चावी सरकारलाई बुझाउने धम्की दिएर निजी मेडिकल कलेजहरू गैरजिम्मेवार हुन नपाउने बताउनुभयो । २०७५ मा बनेको चिकित्सा शिक्षा ऐन्ले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिइएको बताउँदै विद्यार्थीले दिएका प्रमाण गृहमन्त्रालयमा पठाइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । गत पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन् २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
Featured Posts – Style 1
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
2026-09-09 Comments Off on नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास...
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
2026-09-09 Comments Off on प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोगकाठमाडौंः मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन...
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
2026-09-09 Comments Off on हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ...













