मेडिकल कलेजको मनोमानी सामु निरिह नबन्न गृहमन्त्रीलाई शिक्षा मन्त्रीको आग्रह ।।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एमबीबीएसका विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाहीमा ढिलो नगर्न गृहमन्त्री बालकृष्ण खाँणसँग अनुरोध गर्नुभएको छ । हिजो साँझ आन्दोलनरत विद्यार्थी र सङ्गठनहरूसँग छलफल गरिरहेको बेला मन्त्रालयबाटै पौडेलले गृेहमन्त्री खाँणलाई टेलिफोन गरी राज्य निरिह हुन नहुने बताउनुभएको हो । सीआईएनसँग कुराकानी गर्दै मन्त्री पौडेलले कलेजको चावी सरकारलाई बुझाउने धम्की दिएर निजी मेडिकल कलेजहरू गैरजिम्मेवार हुन नपाउने बताउनुभयो । २०७५ मा बनेको चिकित्सा शिक्षा ऐन्ले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिइएको बताउँदै विद्यार्थीले दिएका प्रमाण गृहमन्त्रालयमा पठाइसकेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । गत पुस ३० गते शिक्षा मन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन् २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न नसुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...
असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
2026-10-26 Comments Off on असोजमहिनामाभक्तपुरकोअपराधघट्यो, विपद्बाट१करोड३०लाखभन्दाबढीकोक्षति
असोज महिनामा भक्तपुरको अपराध घट्यो, विपद्बाट १ करोड ३० लाखभन्दा बढीको क्षति भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ असोज...
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
2026-10-26 Comments Off on स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरकाे एकल लघुकथा वाचनललितपुर,वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाकाे पहिलाे शनिबारका दिन एकजना...
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...












