भक्तपुर विद्युतीय सामग्री र मोबाईल व्यवसाय संघमा नयाँ नेतृत्व चयन
-स्वस्तिका प्रजापति
भक्तपुर, पुस २४ गते
भक्तपुर विद्युतीय सामग्री ब्यवसाय संघको नयाँ नेतृत्व चयन भएको छ । नयाँ अध्यक्षमा गंगाराम मानन्धर चयन भएको छ भने भक्तपुर मोबाईल ब्यवसाय संघको अध्यक्षमा श्यामसुन्दर नगरकोटीको कार्य समिति पनि सर्बसमतले गठन गरेको छ । संघका अध्यक्ष माधवप्रसाद प्रजापतिको सभापतित्वमा आज भक्तपुरमा आयोजित अधिवेशनबाट सो नेतृत्व चयन गरेको होे ।

अभिनेतृ करिश्मा मानन्धरले भक्तपुर विद्युतीय सामग्री व्यवासयी संघको १२ औं तथा छैठौ अधिवेशन र भक्तपुर मोबाईल व्यवसायी संघको प्रथम अधिवेशन २०७८को पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको थियो । साथै सो अवसरमा अभिनेतृ मानन्धर र अतिथीहरुले संघका गतिविधिहरु समेतिएको स्मारिका संयुक्तरुपमा विमोचन पनि गरेको थियो । आतिथ्यता ग्रहणका लागि भक्तपुरका व्यवसायीहरुले अभिनेतृ मानन्धरलाई विभिन्न उपहारहरु प्रदान गरेका थिए । नागरिकको दैनिक जीवन यापनमा सहजता ल्याउने विद्युतीय सामग्री र सूचना प्रविधियुक्त विश्वस्तको मोबाइलहरु बिक्रि बितरण गर्दै आएका ति संघहरुले सो अवसरमा आफ्नो व्यवासय प्रवर्धनका साथै सामाजिक गतिविधिहरु बारे चर्चा गर्दै नयाँ नेतृत्वको चयन गरेको थियो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले जिल्लाको व्यवसाय प्रवर्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए भने सो अवसरम नेपाल मोबाइल ब्यवसाय महासंघका सचिव दिलबहादुर तामाङ, संघका सचिव रामप्रसाद खर्बुजा, महासचिव चन्द्रभक्त श्रेष्ठ, कोषाध्यक्ष अल्बर्त बज्रचार्य र उपाध्यक्ष गंगाराम मानन्धर र रुकेश रञ्जितले पनि बोलेका थिए ।
सो अवसरमा उत्कृष्ठ व्यवसायीलाई प्रमुख अतिथी अभिनेतृ करिश्मा मानन्धरले कदर तथा समान पत्र वितरण गरेको थियो ।














