२३ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन
भक्तपुर, माघ २ गते
विंसं. १९९० सालको महाभूकम्प गएको समय माघ २ गते दिउँसो २ वजेर २४ मिनेटलाई स्मरण गर्दै भक्तपुरको बोडेमा यसपालिको २३ औ भूकम्प सुरक्षा दिवसको मूल समारोह आयोजना भएको छ । सो अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको सुरुवात भएको छ । सो प्रदर्शनी माघ ५ गतेसम्म रहने आयोजकले जनाएको छ । कोभिड १९ जोखिमको बीचमा सिमित प्रतिनिधीहरुहरु बीच सो समारोहका उद्घोषक केके मानन्धरबाट प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश बाचनसँगै बोडेको कुमारी पार्कमा २३ औं राष्ट्यि भूकम्प सुरक्षा दिवस सुरु भएको थियो ।
भूकम्प जस्तै बहुु विपतिय प्रकोपबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न नागरिकलाई भूकम्प प्रतिरोधी भवन मनाउन प्रेरित र पूर्वतयारीमा सचेतना दिन नै भूकम्प दिवस मनाउनुको महत्व रहेको उल्लेख गर्दै आयोजक समिति अध्यक्ष एवं गृहमन्त्री रामवहादुर थापाले विपद् प्रतिकार्य, जोखिम व्यवस्थापन र रोकथामका लागि राष्ट्यि अन्तर्राष्ट्यि सरोकारवाला निकायसँग सहकार्य, समन्वय, अनुभव आदानप्रदान गर्न सरकार तयार रहेको उल्लेख गर्नु भयो । उहाँले यस पालिको २३ औं भूकम्प सुरक्षा दिवसको मूल नारा बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा लाई सार्थक बनाउन सरकार लागि परेकोमा जोड दिनु भयो ।

कार्यक्रममा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले १९९० सालको महाभूकम्पले जस्तै धनजनको क्षति फेरी नदोरियोस भनेर हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाउदै आएको बताउनु भयो । उहाँले नेपालमा विपद् व्यवस्थापनको संस्थागत विकासका लागि प्राधिकरण क्रियाशिल रहेको उल्लेख गर्दै बाढी पहिरोको केही पूर्वानुमान गरी क्षति रोकथाम र न्यूनिकरण गर्न सकिने भए पनि भूकम्प रोक्ने प्रविधि विकास नभएकाले सुरक्षित रहन भवन संहितको कार्यान्वयमा जोड दिनुपर्ने बताउनु भयो ।
राष्ट्यि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हरेक भूकम्प र पिवद्हरुबाट नयाँ नयाँ प्रविधिहरुको विकास गर्दै समुदाय उत्थानशिल बन्दै आएको स्मरण गर्दै २०७२ सालको भूकम्पको पाठ विश्वका समुदायलाई बाड्न उपयोगि भएको विचार ब्यक्त गर्नु भयो । उहाँले समुदायको घर सम्रचना, सम्पदा र विद्यालयलाई थप भूकम्प एवं विपद मैत्री बनाउदै विपद्बाट उत्थानशिल देश बनाउन विपद्मा सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।
स्थानीय आयोजक समितिका अध्यक्ष एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा एनसेटका भूकम्पविद् विजयकृष्ण उपाध्यायले घुडा टेकी गुँडुल्की ओत लागि समात बारे राष्ट्यि अभ्यास गरेका थिए ।
सो अवसरमा उपस्थित महानुभावहरुले भूकम्पीय जोखिम न्यूनिकरण तथा पूर्वतयारीमा सामूहीक प्रतिबधता जनाउन देशव्यपी हातेमालो गर्ने चलनलाई यो वर्ष हात उठाएर प्रतिबधता जनाएका थिए ।

भूकम्प सुरक्षा दिवस प्रचार प्रसार संयोजक पद्मकुमार मैनालीले विपद्ले विकासका चाहना र समृद्धिको सपनालाई पछाडी ढकेलिने भएकाले साझा प्रयास र सहकार्य जरुरी भएको उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा संयुक्त राष्ट् संघका प्रतिनिधी एस्यानी मेडाग्यांगोडा र, एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भूकम्प जस्तै विपद्हरुको सामाना गर्न भवन संहिताको निर्माण र कार्यन्वयनमा जोड दिन्दै विपद् प्रतिकार्यका अनुभव आदानप्रदानबाट समुदाय उत्थानशिल बनाउन सकिने विचार व्यक्त गर्नु भयो ।














