मुलुकको समग्र पक्षलाई जनगणनामा समेटनुर्नेमा जोड ।
वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ । सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका हुन् । रोटरी क्लब अफ काठमाडौँ वेस्टले आज यहाँ आयोजना गरेको ‘जनगणनासम्बन्धी सचेतना कार्यक्रम’ मा लैङ्गििक समानता तथा समावेशीकरणविद् सरु जोशीले गैरकानूनी रुपमा विदेश पुगेका नेपालीलाई पनि जनगणनामा छुटाउन नहुने बताउनुभयो ।
मुलुकको पुनः संरचनापछि हुनलागेको जनगणनामा सत्यतथ्यसहितको सूचना उपलब्ध गराउन सरकारी तथा गैरसरकारी सङघ–संस्थाबीच आपसी समन्वय नभएमा तथ्याङ्क हराउनसक्ने बताउँदै अधिकारकर्मी जोशीले गैरसरकारी सङ्घ–संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । समाजवादी प्रेस सङ्गठनका संयोजक शम्भु श्रेष्ठले गणनामा मुलुकमा भएका सबै पक्षको सही सूचना प्राप्त हुनसकेमा त्यसका आधारमा राष्ट्र निर्माणमा नीति नियम तर्जुमा गर्न सहयोग पुग्नेमा जोड दिनुभयो । रोजगारीका सिलसिलामा भारतमा गएका नेपालीको सही तथ्याङ्क प्राप्त हुन नसकेकाले त्यसलाई कसरी गणनामा समावेश गर्ने, आत्महत्या गर्ने समूह र दुर्घटनामा परेकाको तथ्याङ्क पनि गणनामा छुटाउन नहुने सुझाव सहभागीले दिएका थिए ।
नेपाली पोलिसी इन्ष्टिच्यूटको बोर्ड सदस्यसमेत रहनुभएकी अधिकारकर्मी जोशीले यस किसिमको सचेतना कार्यक्रमअन्तर्गत विभिन्न २० स्थानमा प्रस्तुति गर्नुभएको छ । उक्त इन्ष्टिच्यूटले सरकारी प्रतिनिधि, केन्द्रीय तथ्याङ्क विभागसहित सरोकारवाला पक्षसँग आजै छलफल गर्ने कार्यक्रम छ । जन्म दर्ता, मातृ मृत्युदरलगायत विषय यसपटक गणनामा संलग्न गराउन लागिएको बताइएको छ । –––
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












