विद्यालय खोलेरै भक्तपुरका शिक्षकहरु आन्दोलनमा
भक्तपुर, असोज ४ गते
शिक्षा विद्येयक विरुद्ध नेपाल क्रान्तिकारी शिक्षक संघ पनि सडकमा उत्रेको छ । देशभरका शिक्षक शिक्षिकाहरु अनिश्चितकालिन विद्यालय बन्द गरी आन्दोलनमा उत्रदा संघले भने विद्यालय सञ्चालन गरेरै सडकमा आएर शिक्षा विद्येयक विरुद्ध आन्दोलन थालेका हुन । भक्तपुरको च्याम्हासिंहबाट नगर परिक्रममा गर्दै संघले विरोध र्याली आयोजना गरेको हो । शिक्षा विद्येयक विरुद्ध विभिन्न ९ वटा माग सहितको ज्ञापन पत्र सो अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई बुझाएका हुन ।
प्रजिअ श्रेष्ठ मार्फत ज्ञापन पत्रलाई प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय लगायतका निकायमा पुर्याउन आग्रह गर्दै आयोजक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले सार्वजनिक विद्यालयलाई धरासायी बनाउने हिसाबले शिक्षा विद्येयक आएको भन्दै त्यसको विरुद्ध नेक्रा शि संघ पनि सडकमा आएको तर आन्दोलनको नाममा आफूहरुले विद्यालय बन्द नगरी जायज माग पूरा गराउन आन्दोलनमा उत्रेको बताए ।
विज्ञप्ति मार्फत नेपाल क्रान्तिकारी शिक्षक संघले राष्ट्रियस्तरको एसईई परीक्षा कायम गर, राहत शिक्षकहरुलाई सतप्रतिशत कोटा कायम गर, विद्यालयमा कर्मचारी दरबन्दी र्सिजना गर, निजामति कर्मचारी सरह शिक्षक र कर्माचारीहरलाई सेवा सुविधा कायम गर । सहितका ९ वटा मागहरु राखेका हुन ।
पहिलो चरणमा ज्ञापन पत्र बुझाएको र शिक्षा विद्येयक बारे शिक्षक विद्यार्थी र अभिभावहरु बीच अन्तरक्रिया पनि आयोजना गरी निस् शुल्क र अनिवार्य शिक्षाकालागि फेरी पनि संघर्ष गर्ने अध्यक्ष प्रजापतिले जनाए ।