जेष्ठ ९ र १० गते भक्रपुरमा बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ को आयोजना हुने
भक्तपुर ।
सूर्यविनायक नगर सितोरियो कराते संघले बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ को आयोजना गर्ने भएको छ । यही जेष्ठ ९ र १० गते जगाती भक्तपुरमा सो प्रतियोगिता आयोजना गर्ने भएको भन्दै आयोजक समितिले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको पूर्ण सहयोगमा सो प्रतियोगिता आयोजनाको तयारी भएको प्रतियोगिता समितिका संयोजक रामशरण त्वातीले प्रतियोगितामा भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका खेलाडी सहित १० टिमले सहभागिता जनाउने भएको बताएका छन् ।
जगातीस्थित शेराटन ब्याङ्क्वेट सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा आयोजना हुने सो प्रतियोगितामा १५ इभेन्टहरुको प्रतियोगिता हुने संयोजक त्वातीले बताए ।
कराते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मबल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै, प्रतियोगितालाई राष्ट्रियस्तरकै प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको उहाँले बताए । यस्ता प्रतियोगिताहरू केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई राष्ट्रियस्तरका भावी खेलकुद नायकहरू निर्माण गर्ने आधारशिला पनि रहेको उनले सुनाए ।
आयोजक संघका अध्यक्ष कृष्णराम जाकिबञ्जारले भक्तपुर जिल्लाको सितोरियो करातेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय रहेको बताए । ८औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अन्जु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भएको उनले बताए । त्यसैगरी, १० औं साफमा रामशरण त्वाती र सुलोचना सिजाख्वाले पनि स्वर्ण पदक प्राप्त गर्दै करातेमा भक्तपुरको प्रभुत्व कायम भएको उनले बताए । १३ औं साफमा त मन्देकाजी श्रेष्ठको दोहोरो स्वर्ण पदक ऐतिहासिक कीर्तिमान नै भएको थियो, प्रेस विज्ञप्तिमा जनाएको छ । यस्ता सफलताहरूले प्रमाणित गर्छन् कि यस प्रकारका प्रतियोगिताहरू खेलाडीको भविष्य निर्माणमा अत्यन्तै आवश्यक छन् उनले भने ।
सम्मेलनमा आयोजक सचिव दीपेन्द्र ब्याञ्जूले यसपटकको मेयर कप प्रतियोगितामा करिब १० स्थानीय तहका टिमहरूको सहभागिता रहने जनाए । त्यसमा भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूबाट आएका टिमहरू रहेका उनले जनाए ।
प्रतियोगितामा पुरुष र महिला दुबै वर्गमा विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा ७ वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ । पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा ८ वटा इभेन्टहरू आयोजना गरिनेछ । यस विस्तृत खेल तालिकाले विभिन्न उमेर र क्षमताका खेलाडीहरूलाई सहभागी हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । यसले समावेशिता र समतामा आधारित खेल संस्कृति विकास गर्न मद्दत गर्नेछ ।
प्रतियोगिता खेलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै सञ्चालन गरिनेछ, जसमा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्नुहुनेछ । उहाँहरूको उपस्थितिले खेलहरूमा निष्पक्षता, पारदर्शिता र व्यावसायिकताको प्रत्याभूति गर्ने जनाइएको छ ।
प्रतियोगिताको उदघाटन सत्रमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको उपस्थिति रहनेछ । त्यस्तै, पुरस्कार वितरण तथा समापन समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले प्रमुख अतिथिको रूपमा प्रतियोगिता समापन गर्नुहुने छ ।
प्रतियोगिताको समापनमा हरेक तौल समुहका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । साथै, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिनेछ, जसले टोली भावना र एकता झल्काउनेछ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको रु.५ लाख आर्थिक सहयोग र अन्य दुई लाख आर्थिक सहयोग जुताए सो प्रतियोगिता आयोजनाको तयारी गरेको आयोजक समितिले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...











