भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम ।
२०७८ भदौ ३१, बिहीबार
राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा कोभिड १९ संक्रमणले बालबालिकामा परेको प्रभाव विषयमा जनप्रतिनिधिसँग बालबालिका कार्यक्रमको आयोजना भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाले नगरका सबै वडाहरुमा रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनूकूल वातावरण आदि बालबालिकाहरुको नैसर्गिक अधिकार भएको बताउनुहुँदै बालबालिकाहरुलाई बाल अधिकारबारे समयमै सजग र सचेत बनाउँदै लानु आवश्यक भएको बताउनुभयो ।
बालबालिकाहरुलाई स्थानीय भाषामा पोख्त बनाउनुपर्नेमा जोड दिनुहुँदे उपप्रमुख जोशीले भक्तपुर नगरपालिका देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा अग्रणी स्थानमा रहेको बताउनुभयो ।
शिक्षा भनेको घोकन्ते विद्या होइन भन्दै उहाँले विद्यार्थीहरुलाई अनुशासित, इमानदार र स्वाबलम्बी हुन सिकउनुपर्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्ति, शैक्षिक ऋणलगायतका सुविधाहरु प्रदान गर्दै आइरहेको अवगत गराउनुहुँदै उहाँले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले शिक्षालाई उच्च प्राथमिकतामा राखी ६ वटा शिशुस्याहार, ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापलाई पनि निरन्तरता दिँदै जाने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुले कोभिड १९ बाट आफूहरुलाई परेका समस्या, कोभिड नियन्त्रणमा भक्तपुर नपाको भूमिका र भौतिक उपस्थितिमा विद्यालय सञ्चालन विषयमा आफ्नो जिज्ञाशाहरु राख्नुभएको थियो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल र कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














