सबै खेललाई समान ढंगले विकास गर्नेः प्रमुख प्रजापति
भक्तपुर, ३ भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा “बधाई ज्ञापन कार्यक्रम–२०८०” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा गःपली ड्रिमल्याण्ड किचेन रेष्टुराँमा आइतबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले नगरपालिकाले सबै खेललाई समान ढंगले विकास गर्ने बताउनुभयो । जसरी अहिले शिक्षामा पहिलो भए जस्तै केहि समय पछि स्वास्थ्यमा पनि पहिलो बनाउने र जसरी शरीरको सर्वाङ्गिण विकास आवश्यक छ त्यसरी नै शिक्षा स्वास्थ्य पछि खेलकुदको विकास गर्न कर्वडहलहरु निर्माण गरिरहेको उहाँले बताउनुभयो । उहाँले खेलकुदमा लाग्नेहरु अनुशासित हुनु पर्ने बताउँदै साझा व्यक्तिको अभिव्यक्ति सच्याउनु नपर्ने गरी दिनु पर्ने र खेलकुद अगाडि लान सरसल्लाह गरेर काम गरे विवाद कम हुने भएकोले गाईजात्रा र गुन्हिपुन्हि बनाउने कार्यमा सरोकारवालाहरु राखेर १३ गते गुन्हिपुन्हि र १४ गते सापारु मनाउने निर्णय गरेको साथै अहिले आँखा पाक्ने माहामारी फैलिएकोमा विद्यालयलाई विदा दिने कि नदिन भन्ने विषयमा विद्यालयका शिक्षकहरुको सरसल्लाहमा विदा नदिई डाक्टर नर्स परिचालन गरी आँखा पाक्ने रोगको शिविर र सचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले हिजो हामी विद्यालय कलेज जान्दा हेपिएका वर्ग हामी आज भक्तपुर भन्दा गर्वले लिने नाम बनाई सकेको बताउनुभयो ।
उहाँले गलत भनेको गलत नै हुने भएकोले पञ्चायत कालमा खेलाडीलाई दुरुपयोग गर्ने भएकोले खेलाडीहरु राजनीतिक रुपमा सचेत बन्नुपर्ने र राजनीतिक सचेतना कै कारण कसैसंग झुक्नु पर्देन बरु संघर्ष गर्छ झुक्दैन भन्नुभयो । उहाँले राम्रो गोरेटोमा दो¥हाउन युवाहरुलाई राजनीतिक ज्ञान आवश्यक रहेको बताउँदै युवा विदेश पठाउने नीति भनेको क्रान्तिलाई पछाडि सोच भएको तर युवाहरु विदेशिदैंमा क्रान्ति रोकिन्दैन बरु बेइमानm, अन्याय शोषण गर्ने विरुद्ध संसारको कुनाकाप्चाबाट क्रान्तिको ज्वारभाटा उठ्ने छ भन्नुभयो । उहाँले विदेशको पिआर लिएर नेपालका नेताहरुलाई गाली गर्नेहरु नेपाली नागरिकता च्याट्ने, नेपाल आमाको छातिमा लाट हान्ने देशघातिलाई फासि दिने कानुन आवश्यक रहेको बताउँदै बरु विदेशबाट सिकेर स्वदेशको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले २२८ वटा कलेजको ३८९० नर्सिङ्ग कोटा काटेर विदेशमा पढ्न बाध्य पार्ने शिक्षामन्त्री दोषि रहेको बताउँदै देशको पैसा विदेश पठाउने गलत नीति विरुद्ध आत्म निर्भर बनाउन विदेशीहरु नेपालमा पढ्न आउने बतावरण तयार गर्नु पर्ने, ग्यास, पेट्रोल र कृषिमा खरबौ रकम खर्च गरेर आत्म निर्भर बन्न नसक्ने भएकोले त्यसको सत्ता नेपालमा उत्पादन भएको विधुतको प्रयोग गरी आत्म निर्भर बन्नुपर्ने तर त्यसको निम्ति राजनीति राम्रो भए सबै राम्रो हुने बताउनभुयो । उहाँले राजनीति मन पर्दैन भन्ने युवाहरुले गर्दा शासन सत्तामा पुगेका बेइमान र भ्रष्ट नेताहरु गर्दा दुख पाईरहेकोले युवाहरुमा राजनीतिक सचेता भए बेइमान र भ्रष्ट नेताहरुलाई घोक्रेठ्याक गर्नेहरु मात्र युवा हो भन्नुहुदैँ युवा विचार हो उमेर होइन भन्नुभयो । बक्सिङ संघ नमुना होस् भनि शुभकामना व्यक्त गर्दै असल र इमान्दार नेताहरुले देशको मुहार फेर्ने अथवा आमुल परिवर्तन गर्छ भन्नुभयो । उहाँले लाई कसैले राजनीति गरिरहेको बताउँदै आफुले जे सिकेका छन् त्यो समाजको निम्ति सदुपयोग होस भन्नुभयो ।
कार्यक्रममा नगर खेलकुद समितिका पूर्व संयोजक एवं ७ नं वडाध्यक्ष उकेश कवाँले आ–आफ्नो दायित्व जिम्मेवारी पूर्वक निर्वाह, एक घर एक एक खेलाडी, मार्शल आर्ट विना आत्म सुरक्षा गर्न नसक्ने भएकोले खेलकुदमा जोड दिएको बताउनुभयो । खेल राजनीतिक परिवर्तनको लागि, देशको लागि, कामदार जनताको निम्ति हुनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवं १ नं वडाध्यक्ष श्याम कृष्ण खत्रीले २०४५ सालमा खेल प्रति नकारात्मक दुष्टिकोण राख्ने बेला नगर खेलकुद समिति गठन गरी खेलकुद विकास गरेको बताउँदै खेलकुद समाज परिवर्तनलागि हो पैसा कमाउन होइन भन्नुभयो । उहाँले अव खेलकुदको आधार भनेको विद्यालय भएको बताउँदै त्यहिं खेलकुद गतिविधिमा जोड दिई रहेको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु, बागमति प्रदेश बक्सिङ संघका सल्लाहकार विश्वराम कवाँ, भक्तपुर जिल्ला बक्सिङ संघका सल्लाहकार रविन्द्र खर्बुजा र साजन लघुले पनि बोल्नु भएको थियो ।
बागमति प्रदेश बक्सिङ संघको दोश्रो पूर्ण बैठकले सल्लाहकार नियुक्ति हुनु भएका श्री विश्वराम कवाँ र भक्तपुर जिल्ला बक्सिङ संघमा श्री उकेश कवाँ, श्री विनोद चरण राय, श्री रविन्द्र खर्बुजा र श्री केशव त्वानाबासुलाई सल्लाहकारमा मनोनयन भएकोमा “बधाई ज्ञापन कार्यक्रम–२०८०” भएको थियो ।
भक्तपुर, ३ भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा “बधाई ज्ञापन कार्यक्रम–२०८०” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा गःपली ड्रिमल्याण्ड किचेन रेष्टुराँमा आइतबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले नगरपालिकाले सबै खेललाई समान ढंगले विकास गर्ने बताउनुभयो । जसरी अहिले शिक्षामा पहिलो भए जस्तै केहि समय पछि स्वास्थ्यमा पनि पहिलो बनाउने र जसरी शरीरको सर्वाङ्गिण विकास आवश्यक छ त्यसरी नै शिक्षा स्वास्थ्य पछि खेलकुदको विकास गर्न कर्वडहलहरु निर्माण गरिरहेको उहाँले बताउनुभयो । उहाँले खेलकुदमा लाग्नेहरु अनुशासित हुनु पर्ने बताउँदै साझा व्यक्तिको अभिव्यक्ति सच्याउनु नपर्ने गरी दिनु पर्ने र खेलकुद अगाडि लान सरसल्लाह गरेर काम गरे विवाद कम हुने भएकोले गाईजात्रा र गुन्हिपुन्हि बनाउने कार्यमा सरोकारवालाहरु राखेर १३ गते गुन्हिपुन्हि र १४ गते सापारु मनाउने निर्णय गरेको साथै अहिले आँखा पाक्ने माहामारी फैलिएकोमा विद्यालयलाई विदा दिने कि नदिन भन्ने विषयमा विद्यालयका शिक्षकहरुको सरसल्लाहमा विदा नदिई डाक्टर नर्स परिचालन गरी आँखा पाक्ने रोगको शिविर र सचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले हिजो हामी विद्यालय कलेज जान्दा हेपिएका वर्ग हामी आज भक्तपुर भन्दा गर्वले लिने नाम बनाई सकेको बताउनुभयो । उहाँले गलत भनेको गलत नै हुने भएकोले पञ्चायत कालमा खेलाडीलाई दुरुपयोग गर्ने भएकोले खेलाडीहरु राजनीतिक रुपमा सचेत बन्नुपर्ने र राजनीतिक सचेतना कै कारण कसैसंग झुक्नु पर्देन बरु संघर्ष गर्छ झुक्दैन भन्नुभयो । उहाँले राम्रो गोरेटोमा दो¥हाउन युवाहरुलाई राजनीतिक ज्ञान आवश्यक रहेको बताउँदै युवा विदेश पठाउने नीति भनेको क्रान्तिलाई पछाडि सोच भएको तर युवाहरु विदेशिदैंमा क्रान्ति रोकिन्दैन बरु बेइमानm, अन्याय शोषण गर्ने विरुद्ध संसारको कुनाकाप्चाबाट क्रान्तिको ज्वारभाटा उठ्ने छ भन्नुभयो । उहाँले विदेशको पिआर लिएर नेपालका नेताहरुलाई गाली गर्नेहरु नेपाली नागरिकता च्याट्ने, नेपाल आमाको छातिमा लाट हान्ने देशघातिलाई फासि दिने कानुन आवश्यक रहेको बताउँदै बरु विदेशबाट सिकेर स्वदेशको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले २२८ वटा कलेजको ३८९० नर्सिङ्ग कोटा काटेर विदेशमा पढ्न बाध्य पार्ने शिक्षामन्त्री दोषि रहेको बताउँदै देशको पैसा विदेश पठाउने गलत नीति विरुद्ध आत्म निर्भर बनाउन विदेशीहरु नेपालमा पढ्न आउने बतावरण तयार गर्नु पर्ने, ग्यास, पेट्रोल र कृषिमा खरबौ रकम खर्च गरेर आत्म निर्भर बन्न नसक्ने भएकोले त्यसको सत्ता नेपालमा उत्पादन भएको विधुतको प्रयोग गरी आत्म निर्भर बन्नुपर्ने तर त्यसको निम्ति राजनीति राम्रो भए सबै राम्रो हुने बताउनभुयो । उहाँले राजनीति मन पर्दैन भन्ने युवाहरुले गर्दा शासन सत्तामा पुगेका बेइमान र भ्रष्ट नेताहरु गर्दा दुख पाईरहेकोले युवाहरुमा राजनीतिक सचेता भए बेइमान र भ्रष्ट नेताहरुलाई घोक्रेठ्याक गर्नेहरु मात्र युवा हो भन्नुहुदैँ युवा विचार हो उमेर होइन भन्नुभयो । बक्सिङ संघ नमुना होस् भनि शुभकामना व्यक्त गर्दै असल र इमान्दार नेताहरुले देशको मुहार फेर्ने अथवा आमुल परिवर्तन गर्छ भन्नुभयो । उहाँले लाई कसैले राजनीति गरिरहेको बताउँदै आफुले जे सिकेका छन् त्यो समाजको निम्ति सदुपयोग होस भन्नुभयो ।