भाद्र ८ गते, ८ जनाको मृत्यु, उपत्यकामा अहिलेसम्मकै बढी संक्रमण पुष्टि
काठमाण्डौं, भाद्र ८ गते
काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार साँझ सम्ममा उपत्यकामा भक्तपुर जिल्लाका १४ जना सहित २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । एक्कै दिन यतिको संख्यामा उपत्यकामा पहिलो पटक संक्रमण देखिएको छ । यो भन्दा पहिलो २१६ सम्म गत शनिबार देखिएको थियो । सोमबार काठमाण्डौका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ गरी २२४ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका हुन । डा. गौतमका अनुसार सोमबार देशभ ७४३ जनामा कोरोना संक्रमण भएसँगै देशभर संक्रमितको संखया ३२ हजार ६७८पुगेको छ भने सोमबार देशभर कोरोना संक्रमित भएर मृत्यु हुने ८ जना रहेको पनि बताउनु भयो । यो मृत्युसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
पछिलो १० हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा देशभर ७४३ जना संक्रमित फेला पारेको हो । सोमबार मात्र १७५ जना कोरोना संक्रमण जितेर घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै कुल निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ भने सक्रिय संक्रमित १३ हजार ८७२ जना रहेका छन् । संक्रमण वृद्धिको तुलनामा निको हुनेको संख्या कम हुँदा यसको अनुपात ५८ प्रतिशतमा झरेको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १५४ र होम आइसोलेशनमा ४ हजार ५६१ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले लक्षण देखिएका संक्रमितहरुलाई अस्पतालमा भर्ना गरी उपचार गर्न मन्त्रालयले कुनै हस्तक्षप नगरेको प्रष्ट पार्दै संक्रमितको नाममा लक्षण देखिएका विरामीको उपचार गर्न नसकिने गरी बेर्ड कब्जा गरी नराख्न आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरु माथि भई रहेको अपहेलनाप्रति आपति नाउँदै प्रवक्ता गौतमले चिकित्सकहरुले पनि विरामीहरुको उपचार मापदण्ड पूर्णरुपमा परिपालन गर्न आग्रह गर्नु भयो । स्वास्थ्यकर्मी आफै संक्रमित भयो भने थप उपचारमा समस्या उत्पन्न हुने उल्लेख गर्दै उहाँले पूर्णरुपले सुरक्षित तवरले मात्रै विरामीको उपचारमा खत्न आग्रह गरेको हो । स्वास्थ्य सुरक्षा सामग्री अपुग, अभाव भएको भए अस्पतालका प्रमुखले मन्त्रालयसँग समन्वय गर्न आग्रह गर्नु भयो भने कोभिड १९को उपचारको लागि छुत्याएको अस्पतालको १,२,३ ग्रेटका सबै अस्पतालहरुलाई एउटै स्तरमा राखि कोभिड १९ उपचारको लागि तयारी गरेको पनि जानकारी दिनु भयो ।
बिश्व स्वास्थ्यको मापदण्ड र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को निर्णय अनुसार कोरोनाका खोप तथा औषधि पुर्ब सहमतिमा प्रयोग गरी रहेको जानकारी दिनु भयो ।













