सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष– अप्रत्यक्ष हस्तक्षेप रहेको एक प्रतिवेदनको जानकारी

सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष– अप्रत्यक्ष हस्तक्षेप रहेको एक प्रतिवेदनको जानकारी
काठमाडौं, ३१ भाद्र– सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइजनताले स्वास्थ्यअधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगीव्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयकअध्ययनले नेपालमा सुर्तीमाथिलगाइने कर दक्षिण एसियामा नै सवैभन्दाकमजोर रहेको देखिएको छ ।
सुर्ती उद्यमीले सामाजिकउत्तरदायित्वको नाममागरिने प्रायोजन र विभिन्नउच्चपदस्थव्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनकाकारण सुर्ती नियन्त्रण हुननसकेको देखिएको छ । सार्वजनिक स्थलमाखुलमखुलाधुम्रपानगर्ने र विद्यालयको १०० मिटर वरपर सुर्तीको विक्रिवितरण गर्न रोक लगाउने कानुनकार्यान्वयनमाफितलो हुनुको कारण सुर्ती उद्यमीव्यवसायीकै अप्रत्यक्षहात रहेको देखिएको अध्ययनकर्ता एवम् प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रकामहासचिवशान्तलालमुल्मीले बताए ।
विहिवार सुर्तीजन्यपदार्थ नियन्त्रणमा उद्यमीको हस्तक्षेप विषयकप्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय योजनाआयोगका सदस्य सलोनी सिंहले बालबालिका र महिलाहरुले समेत सुर्ती सेवनगर्ने गरेको तथ्यांकले आफू झस्केको बताउँदै यसकालागिनीतिगतव्यवस्थालाई अझ कडाइ गर्न आफूले पहलगर्ने बताइन् ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेस सम्वाजिराओ पाण्डवले नेपालमातीनजनामाएकजनाले अर्थात एक तिहाइजनताले सुर्ती सेवनगर्ने गरेको र त्यसमापनि ५० प्रतिशत पुरुषले सुर्ती सेवनगर्ने गरेको डरलाग्दो तथ्यांक रहेको जानकारी दिए । नेपालको कुलगार्हस्थ उत्पादन –जीडीपी)को १ दशमलव ८ प्रतिशत सुर्ती सेवनमाखर्च हुने गरेको पनिबताए । वर्षेनी २५ हजार मानिस सुर्तीकै कारण मर्ने गरेको र सुर्तीकै कारण नसर्ने रोग लागेकाहरुको मृत्यु सरदर आयुभन्दाअगावै मर्ने गरेको पनिउनले जानकारी दिए । उनले सुर्तीमा करवृद्धि गरी निरुत्साहनपार्नुपर्ने, सुर्तीरहित क्षेत्र घोषणा र सवै किसिमका सुर्ती प्रचार, प्रवद्र्धनलाई निरुत्साहितपार्न सरकारलाई सुझावपनिदिएकाथिए ।
राष्ट्रिय स्वास्थ्यशिक्षा सूचना केन्द्रकानिर्देशक सुनिलराजशर्माले सुर्तीमा कर वृद्धि गर्न सरकारलाई आफूहरुले पनि घच्घच्याइरहेको बताउँदै सुर्तीरहित क्षेत्रकालागिप्रयास जारी रहेको जानकारी दिए ।
उपभोक्ता संरक्षण मञ्चकाअध्यक्ष ज्योतिबानियाँले सुर्ती नियन्त्रणका लागि समयसान्दर्भिक रुपमाकानुनको परिमार्जन आवश्यक रहेकाले ७ओटा विषयमासंशोधनकालागिपहलभइरहेको बताए ।
दैनिक७३ जनाको ज्यानलिने सुर्तीजन्यपदार्थको नियमन र नियन्त्रणमा उद्यमीको हस्तक्षेपकै कारण अहिलेसम्म सुर्ती नियन्त्रण तथानियमन ऐन २०६७ र नियमावलीमाभएको ९० प्रतिशत स्वास्थ्य चेतावनीअंकितचित्र सुर्तीको बट्टामा राख्ने प्रावधानकार्यान्वयनहुननसकेको पनिबताइएको थियो ।
सहायकप्रमुखजिल्लाअधिकारीले जिल्लास्तरमा र स्थानीयतहकाकार्यकारी अधिकृतले सुर्ती नियन्त्रणका लागिगर्नुपर्ने अनुगमनझारा टार्ने तवरले वर्षको १ घण्टामात्र गर्नुमापनि सुर्ती उद्योगीकै प्रभाव र दबाब देखिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रकामहासचिवशान्तलालमुल्मीले बताए ।
कार्यक्रमको उद्देश्यमाथिप्रकाशपार्दै सञ्चारकर्मी एवम् राजधानी दैनिककावरिष्ठ उपसम्पादक पूर्णभक्तदुवालले नेपालमावर्षेनी सुर्ती सेवनमामात्रै ४७अर्ब रुपैयाँखर्च गर्ने गरेको र यसबाट उत्पन्नजोखिमतथा रोगकाकारण हुने खर्च भयावहरहेको दृष्टान्त पेश गरे ।
हेल्थ टुडेका सम्पादकपद्मराजजोशीले स्वास्थ्य कर कोषको उपयोग स्वास्थ्य क्षेत्रमा नै गर्न लगाउनकालागिपहलहुनुपर्ने बताए ।
अध्ययनप्रतिवेदनसम्वन्धी प्रेस वक्तव्यजारी गर्दै अध्ययनकर्ता मुल्मीले चुरोट खुलमखुलम रुपमा अस्पतालको छेउछाउमा समेत विक्रिवितरण र सेवनभइरहेको , सहायकप्रमुखजिल्लाअधिकारीले वार्षिक प्रतिवेदनबनाउनकालागि र बजेट सकाउनकालागिमात्र सुर्ती नियन्त्रणको अनुगमनगर्ने गरेको जानकारी दिए।
सुर्तीको कुनै पनिप्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनीव्यवस्थाहुँदाहुँदै पनि सुर्ती उद्योगले विभिन्ननाममाप्रायोजनमाबजारीकरण गरिरहेको छ । सामाजिकउत्तरदायित्वको नाममा सुर्ती उद्योगले सुर्तीको प्रवद्र्धन र प्रचारप्रसार गरिरहेको छ । सुर्ती उद्योगले कम्पनीको नाममाप्रचार प्रसार तथा प्रवद्र्धन गर्न र चन्दा सहयोग दिननहुने व्यवस्थाहुँदाहुँदै पनि सुर्ती उद्योगले हालैमात्र डा. भगवानकोइरालाको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई नेपालकै ठूलो चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग दिनखोजेको थियो । पछि सामाजिक दबाबपछि यो कार्य रोकिएको थियो ।