भक्तपुर नगरपालिका अनुगमन समितिद्वारा भगवत्ति स्थान र गोल्मढीमा बधस्थल र मासु पसल अनुगमन।

भक्तपुर नगरपालिका अनुगमन समितिद्भवारा गवत्ति स्थान र गोल्मढीमा बधस्थल र मासु पसल अनुगमन।
भक्तपुर, ३१ भाद्र । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भगबत्ति स्थान र गोल्मढीमा रहेको बधस्थल र मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा बधस्थल धेरै नै फोहर भएको र राँगोको मासु पसल खासै सुधार नभए बताउनु भयो ।
अनुगमनमा रमेश शाहीको बधस्थल एकदमै फोहर र दुर्गन्धित भएकोले सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, हाडखोर कुहिने गरी गन्हाउने गरी राखेकोले व्यवस्थापन गर्न, फ्रिज फोहर भएकोले सफा गर्न, तराजु नविकरण नभएकोले नविकरण गर्न, बधस्थल पुरै व्यवस्थित र सफा सफा नभएकोले तराजु १ थान जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै काभ्रेली मिट सप दर्ता नभएकोले दर्ता गराई पसलमा सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मुल्य सुचि राख्न, फ्रिज सफा गर्ने र दुध र मासु फ्रिजमा संगै नराख्न, मासु काट्ने औजार र भाँडा वर्तन सफा गरी राख्न निर्देशन दियो ।
त्यस्तै नवदुर्गा मिट सप दर्ता नविकरण गर्न, मुल्य सुचि राख्न, म्याद नाघेको ससेज र पुरानो विग्रेको मासु ४ किलो ७०० ग्राम जफत गरी नष्ट गरियो भने मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, एप्रोन सेतो र सफा प्रयोग गर्न, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न निर्देशन दियो ।
त्यस्तै अफरोज मियाँ मासु पसल दर्ता नभएकोले दर्ता गराई, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न,सफा सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै भगवति मासु सप्लाई पसल दर्ता नविकरण गर्न, मासु जालीले छोपेर राख्न, मुल्य सुचि राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न, मासु काट्ने औजार र भाँडावर्तन सफा राख्न, सफा सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो ।
अनुगमनमा भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुरका शुशिलराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रमेश बहादुर कार्की र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।