दालतबाट सजाय र जरिवाना तोकिएपछि फरार चार जना भक्तपुरबाट पक्राउ

दालतबाट सजाय र जरिवाना तोकिएपछि फरार चार जना भक्तपुरबाट पक्राउ

भक्तपुर। जिल्ला अदालत भक्तपुरबाट फैसला भई कैद तथा जरिवाना सजाय भुक्तान गर्न बाँकी रहेका चार जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी टोलीले यही असोज १५ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका १ जना, लागू औषध मुद्दाका १ जना तथा गम्भीर उत्तेजना वा रिसको आवेगमा आई कुटपिट र अंगभंग मुद्दाका २ जना रहेका छन्। पक्राउ परेका प्रतिवादीहरूबाट कुल ५ दिन कैद र ५१ हजार ५ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो।

बैंकिङ कसुरका प्रतिवादीलाई ५ दिन कैद र ४७ हजार ५ सय रुपैयाँ जरिवाना, लागू औषधका प्रतिवादीलाई २ हजार रुपैयाँ जरिवाना तथा कुटपिट तथा अंगभंग मुद्दाका दुई जनालाई २ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) दीपक कुमार कार्कीले जानकारी दिनुभयो।