भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो पुलुकिसी जात्रा

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो पुलुकिसी जात्रा

भक्तपुर, १५ असोज ।

ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा आज इन्द्र जात्रा अर्थात येँया पुन्ही पर्वको अवसरमा परम्परागत पुलुकिसी जात्रा भव्यताका साथ मनाइ रहेको छ ।

बाँस र मान्द्रो (भकारी) बाट बनाइएको विशाल हात्तीको आकृति (पुलुकिसी) लाई नगर परिक्रमा गराई यो परम्परागत पर्व मनाइएको हो। स्वर्गका राजा इन्द्रका वाहन ’ऐरावत हात्ती’ को प्रतीकका रूपमा लिइने पुलुकिसीलाई स्थानीय जात्रालुहरुको बाक्लो सहभागितामा भक्तपुर नगर परिक्रममा भइरहेको छ । ठाउँ ठाउँमा आगो तपाउने, पानी खुवाउने, त्यस्तै धान खुवाउने परम्परालाई निरंतरता दिदै पुलु किसि जात्रा मनाइरहेको हो ।
जात्राका क्रममा पुलुकिसीलाई घण्टा बजाउँदै, सुँडले पानी छ्यापेको अभिनय गर्दै र रक्सी पिउन दिएको रोचक दृश्य प्रदर्शन गर्दै नगर परिक्रमा गराइएको थियो। स्वर्गबाट मत्र्यलोक आएका राजा इन्द्र हराएपछि उनका वाहन ऐरावत हात्तीले इन्द्रको खोजी गर्दै भौंतारिएको पौराणिक कथामा आधारित रहेर यो जात्रा मनाउने परम्परा रहिआएको छ।

स्थानीय बासिन्दा, गुठियार तथा संस्कृतिप्रेमीहरूको व्यापक सहभागिता रहेको उक्त जात्रा हेर्न भक्तपुरका सडक तथा चोकहरूमा श्रद्धालु एवं अवलोकनकर्ताहरूको ठूलो भीड लागेको थियो।