इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
भक्तपुर, भाद्र ५ गते
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना गरेको छ । मन्दिर निर्माण गर्न सहयोग गर्ने समुदायका बीच आज सामुहिक भोजको आयोजना गरेको हो । भक्तपुर नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा पुनःनिर्मित सो भवनको हिजो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले उद्घाटन गर्नु भएको थियो । सो उद्घाटनसँगै क्षमा पूजा सहित द्यः भ्य् प्रदर्शनी गरेको सो समितिले हिजै नगरवासीहरु बीच प्रसाद वितरण गरेको समितिका अध्यक्ष विनोदचरण रायले जनाएको छ । मन्दिर पुनःनिर्माण गर्न हालसम्म ३ करोड ५६ लाख ९७ हजार ४३७ रुपियाँ४६ पैसा खर्च गरेको छ । सो द्यो छें पुनःनिर्माणकालागि विभिन्न व्यक्ति र संघ संस्थाहरुबाट ४५ लाख ९४ हजार,१३३ रुपैयाँ७८ पैसा चन्दा प्राप्त भएको थियो । सो मन्दिर बनाउन सर्व साधारणको सहयोग बाहेक भक्तपुर नगरपालिकाले २ करोड ७६ लाख ३ हजार ३ सय ३३ रुपियाँ खर्च गरेको थियो । मन्दिर व्यवस्थापन गर्न थप २० लाखको आर्थिक सहयोग संकलन गरी अक्षकोष समेत स्थापना गरेको समितिका अध्यक्ष रायले जनाएको छ । द्यो छें पुनःनिर्माणको लाग सुनेको लागि १८ लाख, पित्तलको लागि रु.१७ लाख सहयोगहरु पनि समितिले प्राप्त गरेको थियो । भक्तपुर दरवार क्षेत्र प्रवेश गर्ने मुख्य ध्वाकासँगै गणनाको रुपमा सो मन्दिरलाई नेवार समुदायको मौलिक परम्परागत शैलीमा पुनःनिर्माण गरिएको थियो । सो मन्दिर पुनःनिर्माण गर्न हजारौ भक्तजनहरुले श्रमदान समेत गरेको थियो । सोही योगदानको कदर गर्दै आज सामुहिक भोज आयोजना गरी सहयोगी मानुभावहरुलाई सम्मानित गरेको उल्लेख गर्दै अध्यक्ष रायले रु. २५ हजार भन्दा बढी आर्थिक सहयोग गर्ने महानुभावहरुको नामावली शिला पत्रमा प्रकाशित गर्ने जनाएको छ । स्थानीय समुदायको अपनत्व हुने गरी उपभोक्ता समितिबाटै पुनःनिर्माण गर्दा स्थानीय जनताप्रति अपनत्व बढ्नुका साथै मन्दिर गुणस्तरीयरुपमा निर्माण गर्न सकेको उल्लेख गर्दै अध्यक्ष रायले कोरोनाको कहर, आर्थिक मन्दी, काठको उपलब्धता नहुँदा निर्माण कार्यमा ढिलाई भएको बताएका छन् । सो मन्दिर २०७६ साल देखि पुनःनिर्माण कार्य थालेर २०८३ सालमा सम्पन्न गरि हिजो मात्रै उद्घाटन भएको थियो ।
Featured Posts – Style 1
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
2026-08-21 Comments Off on जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न
जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न सत्यराम कासिछ्वा भक्तपुर, भदौ ५। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा...
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
2026-08-21 Comments Off on इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना
इन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजनाभक्तपुर, भाद्र ५ गतेइन्दायणी द्यःछे पुनर्निमाण समितिले आज सामूहिक भोजको आयोजना गरेको छ...
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
2026-08-21 Comments Off on बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।
बोसिं ख्यको सार्वजनिक जग्गा संरक्षणकालागि स्थनीय जनता प्रतिकारमा ।भक्तपर, भाद्र ५ गतेचागुनारायण नगरपालिका वडा नं. १स्थित बोसिं ख्य अर्थात नैइन...
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
2026-08-21 Comments Off on कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालयको सहकार्यमा आर्थिक...
cw-check-https://test123.com/
2026-08-21 Comments Off on cw-check-https://test123.com/
cw-manager precheck https://test123.com/ - https://test123.com













