व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न

व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न

श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि. जेंला – ८, भक्तपुरको व्यवसाय प्रवर्द्धन उपसमितिको आयोजनामा मिति २०८१ मंसिर १४ र १५ गते व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम संस्थाको कार्यालय भवनमा सम्पन्न भयो । उक्त तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो । तालिमको दोश्रो दिन निकोसेराम फिल्ड भिजित पनि गरिएको थियो । तालिम सकिएपछी प्रमाण पत्र वितरण कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि ८ न. वडाका वडाध्यक्ष कृष्ण प्रसाद कोजुज्यूले प्रशिक्षार्थीहरुलाई तालिमको लाभ लिई भविष्यमा राम्रो व्यवसायि हुन सकोस भनि शुभकामना दिनुभयो र आउँदो मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्णमा सक्रियताका साथ सहभागि हुन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथिज्यूले तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष जितेन्द्र खायमलीज्यूले सहभागीहरुलाई कुनैपनि व्यवसायलाई निरन्तरता दिई मेहनत र लगनका साथ गरियो भने सफल हुने कुरा बताउनुभयो । उहाँले प्रशिक्षकहरुलाई कदर पत्र पनि वितरण गर्नुभयो । प्रशिक्षकज्यूहरु डा. अनिल कोइराला, डा. विशाल महर्जन र डा. राजेश शाह भएको उक्त तालिमको प्रमाण पत्र वितरण कार्यक्रममा डा. अनिल कोइरालाले पनि प्रशिक्षकहरुको प्रतिनिधित्व गरी बोल्नु भएको थियो । उहाँले सीप सिकी आत्मनिर्भर बन्न सके भविष्यमा धेरै राम्रो व्यवसायी हुने कुरा बताउनुभयो । कार्यक्रम व्यवसाय प्रवर्द्धन उपसमितिका संयोजक तुल्सी कुमार कोजूको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा व्यवसाय प्रवर्द्धन उपसमिति सदस्य शिवराम लवजूले उद्घोषण गर्नु भएको थियो ।