स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्रौं अधिवेशन सम्पन्न, सुरेशप्रसाद सैंजू (सांयजू) निर्विरोध निर्वाचित

स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्रौं अधिवेशन सम्पन्न, सुरेशप्रसाद सैंजू (सांयजू) निर्विरोध निर्वाचित
भक्तपुर, माघ २५ गते

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा जनसञ्चार टिभि, रेडियो जनसञ्चार र जनसञ्चार न्यूज डटकमका सञ्चालक एवं जनसञ्चार गृहका अध्यक्ष सुरेशप्रसाद सैंजू (सांयजू) निर्विरोध निर्वाचित भएका छन् । आज भएको संघको तेस्रो अधिवेशन तथा चौठो वार्षिक साधारण सभाबाट सैंजू सहित ९ सदस्य पदाधिकारी चयन गर्नुका साथै पद् तथा सपठ ग्रहण गरिएको थियो । संघका केन्द्रीय उपाध्यक्ष केबि सम्राटले अधिवेशनको उद्घाटन गर्दै निर्वाचित पदाधिकिारीहरुलाई पदभार समेत बुद्धबार गराएका थिए । उहाँले स्वतन्त्र पत्रकारिता अभियानमा भक्तपुर देशकै उत्कृष्ठ जिल्लाको रुपमा परिचित रहेको भन्दै नयाँ कार्य समितिले पनि थप उत्कृष्ठ कार्य गर्न सफलता मिल्ने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार इन्दुल केसी, उपमहासचिव रत्न प्रजापति, केन्द्रीय परिषद सदस्य कृष किसी, काठमाण्डौका अध्यक्ष पुष्करराज पाण्डे, ललितपुरका अध्यक्ष उपेश नौवाग, काभ्रेका चुडाप्रसाद चौलागाईले पनि नवर्निर्वाचित पदाधिकारीहरुलाई बढाई तथा शुभकामना ब्यक्त गर्दै पत्रकारितामा स्वतन्त्र छविलाई कायम गर्न संघको विद्धान र निर्देसिकालाई पूर्ण परिपालन गर्नुपर्नेमा जोड दिएका थिए भने पत्रकारहरुको क्षमतावृद्धि र जनसरोकारका विषयलाई उठान गर्ने प्रतिबद्धता ब्यत्त गरेका थिए । आज निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा सुरेशप्रसाद सायंजू, उपाध्यक्षमा रेणु त्वायनाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोजू र सदस्यहरुमा रामकृष्ण प्रजापति, सूर्यमान प्रजापति, राजाराम नापित र सुनिल दुवाल रहेका छन् ।