नेकपा एमाले भक्तपुरको निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक
भक्तपुर, फागुण १० गते
भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २का लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सूर्य चिन्हमा मतदान गरौं नेकपा एमालेलाई विजयी बनाऔं भन्दै जारी प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, आर्थिक विकास, सशक्तीकरण, पूर्वाधार विकास, साँस्कृतिक संरक्षण तथा प्रवद्र्धन, भूमि ब्यवस्था, आवास, सहकारी तथा गरिबी निवारण, युवा र खेलकुद , उर्र्जा तथा जलस्रोत पूर्वाधार, खानेपानी, ढल निकास र फोहरमैला व्यवस्थापन, पर्यटन, कला र संस्कृति, कृषि तथा पशुपन्छि विकास, महिला समानता र सशक्तिकरण, जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका र पिछडा वर्गको उत्थान तथा सामाजिक सुरक्षा, बन वातावरण तथा विपद् व्यवस्थापन, सञ्चार तथा प्रविधि र सुशासनका विभिन्न योजनाहरु प्रस्तुत गरेका छन् । स्थानीय विकासका योजनाहरु प्रस्तुत गर्दै केन्द्र सरकारले भक्तपु निर्वाचन क्षेत्र नं.२को विकासकालागि विभिन्न योजना कार्यान्वयन गरिए पनि भक्तपुर निर्वाचन क्षेत्र नं.१मा त्यस्तो योजनाहरु ल्याउन नसकेको भन्दै केन्द्रीय सरकारसँग समन्वय गर्नकालागि पनि एमालेले काम गर्ने जनाएका छ। एमाले भक्तपुरको निर्वाचन प्रतवद्धता पत्र मतदाता केन्द्रीय योजनाहरुमा केन्दीत देखिन्छ । एक घर एक स्नातक देखि स्थानीय बाटो बनाउने, पीच गरिदिने, झोलुगेपुल निर्माण गर्ने जस्ता स्थानीय पालिकाले गर्ने योजनाहरु समेत प्रतिनिधि सभाको निर्वाचनका एजेण्डा बनाएका छन् ।















